ad ad

कारोबार


गोकर्णेश्वरबासीको गुनासो : घरमाथि मेलम्चीको पानी ट्यांकी छ, टुलुटुलु हेर्नुको विकल्प छैन

गोकर्णेश्वरबासीको गुनासो : घरमाथि मेलम्चीको पानी ट्यांकी छ, टुलुटुलु हेर्नुको विकल्प छैन

नेपालखबर
चैत २०, २०८० मंगलबार १९:४५, काठमाडौँ

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ देखि ९ सम्मका जनतालाई तत्काल मेलम्ची खानेपानी उपलब्ध गराउन स्थानीयहरुले सरकारसँग माग गरेका छन्।

मंगलवार खानेपानी मन्त्रालयमा भएको खानेपानी मन्त्रीसहितको बैठकमा गोकर्णेश्वर नगरपालिका प्रमुख,सांसद र वडा नम्बर ५ देखि ९ सम्मका स्थानीयवासीले मन्त्रीसँग यस्तो माग गरेका हुन्।

उनीहरुले मेलम्ची खानेपानी प्रभावित क्षेत्र हुँदा पनि मेलम्ची खानेपानी अहिलेसम्म नपाएको भन्दै तत्काल उपलब्ध गराउन माग गरेको हुन्।

उनीहरुले घरमाथि मेलम्चीको खानेपानी टयाङ्कीबाट पानी बग्ने तर पानी खान नपाउने अवस्था सिर्जना भएको भन्दै तत्काल पानी उपलब्ध गराउनुपर्ने जिकिर गरे। त्यस्तै मेलम्ची खानेपानी ट्याङ्कीको संरक्षणको लागि लगाइएको पर्खाल र हेड बक्स समेत तत्काल बनाउन माग गरेका छन्।

बैठकमा बोल्दै अर्थसमिति सभापति तथा सो क्षेत्रका स्थानीयवासी समेत रहेका सन्तोष चालिसेले मेलम्ची खानेपानी ल्याउनको लागि सुन्दरीजलको महांकालमा पानी प्रशोधन केन्द्र निर्माण गर्दा त्याग गरेको जनताले अहिलेसम्म मेलम्चीको खानेपानी नपाउनु राज्यको कमजोरी भएको बताए।

उनले मेलम्ची खानेपानी ल्याउनको लागि जग्गा दिनेदेखि सबै सहयोग गर्ने तर जनताले मेलम्चीको खानेपानी खान नपाउनु अन्याय भएको बताए। उनले जनताले पानी खान नपाएकाले सरकारले तत्काल  खानेपानी खाने व्यवस्था गर्नुपर्नेमा जोड दिए।

उनले साविकको जोरपाटी गा.वि.समा मेलम्चीको पानी खुवाउने भनेर धेरै ठाउँमा सहमति भएपनि अहिलेसम्म कार्यान्वयन भएको बताए। उनले मेलम्ची खानेपानीको हेडवक्स ४ अर्ब खर्च गरेर परिवर्तन गर्दा अझै चार वर्ष लाग्ने अवस्था आउने भएकाले चाँडै मेलम्चीको पानी खाने सपना पूरा नहुने देखिएको बताए।

बैठकमा गोकर्णेश्वर नगरपालिका मेयर दीपककुमार रिसालले मेलम्चीको खानेपानी सबैभन्दा पहिला गोकर्णेश्वर नगरपालिका भित्रका ५ देखि ९ वडामा दिने सहमति भएपनि अहिलेसम्म कार्यान्वयन नभएको बताए। उनले अहिले आरुबारीमा दुई वटा खानेपानी ट्याङ्की बने पनि त्यहाँ वरिपरीका जनताले खानेपानी नपाएको बताए।

उनले मेलम्चीको ठूलो खानेपानी ट्याङ्की त्यहाँका जनताले टुलुटुलु हेर्नु बाहेक अरु केही उपाय नभएको बताए। सुन्दरीजलको पानी नजाने भएकाले मेलम्चीको पानी दिने निर्णय भएर दोस्रो चरणजमा काम भइरहेको उनको भनाई थियो।

उनले भने, ‘मेलम्चीको ठूलो खानेपानी ट्याङ्की त्यहाँका जनताले टुलुटुलु हेर्नु बाहेक अरु केही रहेन। २ अर्ब ५७ करोडको योजना छ। जहाँ सुन्दरीजलको पानी जाँदैन त्यहाँ मेलम्चीको पानी दिने निर्णय भएर दोस्रो फेजमा काम भइरहेको छ। त्यहाँ बेला बेलामा पानी रोकिने गरेको छ। संघीय सरकारबाट बजेट नपाएकाले रोक्नुपरेको छ।’

बैठकका स्थानीयवासीले  गोकर्णेश्वर नगरपालिका ५ देखि ९ वडाका जनताले हप्तामा दुई पटक पानी दिन आग्रह गर्दा समेत नपाएको मन्त्रीसँग गुनासो गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .