ad ad

कारोबार


हिमाल आरोहीबाट यो सिजनमा उठ्यो साढे १० करोड रुपैयाँ

हिमाल आरोहीबाट यो सिजनमा उठ्यो साढे १० करोड रुपैयाँ

नेपालखबर
चैत २०, २०८० मंगलबार १४:१४, काठमाडौँ

सरकारले चालू आर्थिक वर्षको हिमाल आरोहण सिजनमा आरोहीहरुबाट १० करोड बढी राजस्व संकलन गरेको छ। 

पर्यटन विभागका अनुसार गत एक महिनामा १० करोड ५५ लाख ९१ हजार ४ सय रुपैयाँ संकलन भएको हो। 

अमेरिकी डलरमा ७ लाख ९३ हजार ८ सय ५० राजस्व संकलन भएको हो। 

चालू आवको सिजनमा ९ हिमाल आरोहण गर्न १०६ पुरुष र ४२ महिलासहित १ सय ४८ जनाले अनुमति पाएका छन्। 

उनीहरु कुल १७ टोलीका रहेको विभागले जनाएको छ। यसअनुसार आमादब्लममा २३ जना, हिमलुङ हिमालमा ५, जुगल ३ मा १, अन्नपूर्ण १ मा २५, सगरमाथामा ६३, पुठ हिउँचुलीमा ७, खांग्री शारमा २, कञ्चनजंघामा ७ र धौलागिरि हिमाल चढ्न १५ जनाले अनुमति लिएका हुन्। 

उनीहरुबाट सो परिमाणमा राजस्व संकलन भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .