ad ad

कारोबार


लोडसेडिङ हुने हल्ला सही होइन : ऊर्जामन्त्री बस्नेत

लोडसेडिङ हुने हल्ला सही होइन : ऊर्जामन्त्री बस्नेत

नेपालखबर
चैत १४, २०८० बुधबार १६:५, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै ऊर्जा मन्त्री बस्नेतले मिडियामा समाचारहरु आएअनुसारको समस्या नभएको दाबी गरेका हुन्। उनले केही दिनदेखि भारतबाट विद्युत खरिद सम्झौता नवीकरण नहुने र अब केही दिनमा लोडसेडिङ हुन्छ भन्ने हल्ला निराधार भएको बताए।

उनले विद्युत खरिद सम्झौतामा हरेक वर्ष प्रतिष्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा रहेको उल्लेख गरे। उनले बाहिर आए जस्तो भारतले विद्युत आयात गर्ने अनुमति नवीकरण नगर्ने भन्ने अवस्था नभएको बताए।

उनले भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरणको प्रक्रियाको काम भइरहेको हुँदा आयात अनुमति नवीकरण हुने भन्दै लोडसेडिङ नहुने जिकिर गरे। उनले भारतीय प्रतिष्पर्धी बजार इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) बाट बिजुली आयातको अनुमति नवीकरण नहुने भन्ने हल्ला वास्तविकता नभएको बताए।

उनले भारतबाट बिजुली आयात अनुमति नहुने भनेर आवश्यकता भन्दा बढी चर्चा गर्न उपयुक्त नभएको बताए।

उनले भने,‘अहिले बाहिर मिडियामा जस्तो चर्चा र हौवा फैलाएको परिस्थिति छ। त्यो अवस्था होइन। भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरण हुँदैन भन्ने आवश्यकता भन्दा बढी चर्चा उपयुक्त हुँदैन। तथापि सजगताको निम्ति अन्यथा मान्नुहुँदैन।’

भारतबाट बिजुली खरिदको लागि हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ। उक्त नवीकरण भारतको इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) ले नवीकरण नगर्ने मनस्थिति बनाएको हल्ला बजारमा चलेको छ।

नेपाल विद्युत प्राधिकरणले आन्तरिक माग पूरा गर्न करिव ६०० मेगावाटभन्दा बढी आयात गर्दै आएको छ। तर पनि नेपालका औद्योगिक क्षेत्रहरुमा विद्युत कटौती गर्दै प्राधिकरणले लोडसेडिङ गरिरहेको व्यवसायीहरुले बताइरहेका छन्।

ऊर्जामन्त्री बस्नेतले विराटनगर करिडोरमा विद्युत आपूर्तिमा समस्या रहेको स्वीकार गरे। उनले गतवर्ष पूर्वपहाडी जिल्लामा गएको बाढी पहिरोको कारण जलविद्युत आयोजनाहरुमा भएको क्षतिको असर विराटनगर करिडोरमा परेको बताए।

उनले निजी क्षेत्रले उत्पादन गरेको विद्युत ढल्केवरबाट इनरुवालाई प्रशारणलाइन जोडेर विराटनगर करिडोरको प्रेसरलाई कम गर्ने प्रयास गरिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .