राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले भन्सारलाई एकीकृत व्यापार एवं उद्योग प्रवर्द्धन केन्द्रका रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन्।
मंगलवार प्रतिनिधि सभाको बैठकमा भन्सार विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भन्सारलाई राजश्व संकलन केन्द्रका रुपमा मात्रै लिनु नहुने बताए।
उनले नेपालमा भन्सार बद्नाम शब्दका रुपमा चिनिएको बताए। उनले भन्सार मालदार अड्डा, पैसा कमाउने थलो, सेटिङ चुहावट, तस्करी, कर छली, अवैध व्यापारको पर्याय बनेको बताए। उनले भन्सार एजेण्टहरूको लाइसेन्स पनि उचित नियमन हुन नसकेको बताए।
उनले भने ‘नेपालमा भन्सार एउटा बद्नाम शब्द बनेको छ। यो मालदार अड्डाका रुपमा चिनिन्छ, पैसा कमाउने थलो, सेटिङ चुहावट, तस्करी, कर छली, अवैध व्यापारका लागि पर्याय नै बनेको छ। भन्सार एजेण्टहरको लाइसेन्स पनि उचित नियमन नहुने, बिक्री हुने, भाडामा इत्यादि। भारतीय विचौलियाहरु आएर विचौलियाहरुको बिगबिगी भन्ने जुन छ, त्यो सुधार आवश्यक छ।’
उनले थपे, ‘उद्यमी व्यवसायी हैरानी हुने, उपभोक्ताहरु सास्तीमा पर्ने कुराहरुलाई मिलाउने गरेर नै हामी अघि जानुपर्छ। डिजिटलाइजेशनको भरपुर उपयोग गरेर हामीले भन्सार नाकाहरुलाई आइल्याण्ड अफ एक्सिलेन्सकै रुपमा अघि जानुपर्ने हुन्छ।
भन्सारलाई राजश्व संकलन केन्द्रका रुपमा लिइरहेको छ, त्योबाट सिफ्ट आवश्यक छ। एकीकृत व्यापार एवं उद्योग प्रवर्द्धन गर्ने एकोसिस्टमकै अंग बनाउने गरी हाम्रो सोच परिवर्तन आवश्यक छ।’
सांसद वाग्लेले भन्सारमा डिजिटलाइजेशनको भरपुर उपयोग गर्न आवश्यक रहेको बताए।
प्रतिक्रिया