ad ad

कारोबार


निर्माणमुखी सामग्री निकासी गर्ने कानुन बनाउनु हुँदैन : रघुजी पन्त

निर्माणमुखी सामग्री निकासी गर्ने कानुन बनाउनु हुँदैन : रघुजी पन्त

नेपालखबर
चैत १, २०८० बिहिबार १६:१, काठमाडौँ

नेकपा एमालेका नेता रघुजी पन्तले नेपालका खानीहरुमा रहेको निर्माणमुखी सामग्री निकासी गर्नसक्ने गरी विधेयक ल्याउन नहुने बताएका छन्।

बिहीवार प्रतिनिधि सभा बैठकमा भएको निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक, २०८० माथिको छलफल बोल्दै नेता पन्तले यस्तो बताएका हुन्।

उनले विधेयकमा सरकारले नेपालको खोला नदीमा भएका गिट्टी,बालुवा,ढुङ्गा जस्ता निर्माण सामग्री निकाय गर्न पाउने व्यवस्था राखेको भन्दै निर्माणजन्य सामग्री विदेशमा निर्यात गर्न पाउने विषय तत्काल हटाउन माग गरे।

उनले मुलुकभित्र रहेका निर्माणजन्य सामग्रीहरु विदेशमा निर्यात गर्ने भन्दा पनि मुलुकभित्रै खपत गर्नुपर्ने बताए।

सांसद पन्तले विधेयकको दफा ४२ मा सरकारले चाहेमा निकासीमा रोक लगाउन सक्ने भन्ने शब्दले निर्माण सामग्रीको स्रोतबाट गिट्टी,वालुवा,ढुङ्गा जस्ता निर्माण सामग्री निकासी गर्नसक्ने बुझिएकाले हटाउन माग गरे।

उनले सर्वोच्च अदालतले निर्माण सामग्री विदेश निकाय गर्न रोक लगाएकाले त्यो विषयमा सरकारले कानून बनाउन नहुने बताए। उनले नेपाल आफैँ विकाउन्मुख देश भएकाले धेरै पूर्वाधारहरु बनाउनुपर्ने अवस्था रहेको भन्दै सडक पूर्वाधार, जलविद्युत, पुल बनाउन आफैँलाई निर्माण सामाग्री आवश्यक हुने बताए।

उनले भने, ‘सर्वोच्च अदालतमा विचाराधिन रहेकाले सरकारले कानून ल्याउन मिल्दैन। मेरो पनि मान्यता के छ भन्दा निर्माण सामग्री नेपालभित्र प्रयोग गर्ने हो। नेपाल आफैँ विकाउन्मुख देश हो। धेरै पूर्वाधारहरु बनाउनुपर्छ। सडक पूर्वाधार, जलविद्युत, पुल बनाउन यी सामग्री चाहिन्छ । अहिले नाफाको लागि निकासी गर्न छुट दियौं भने भोली आवश्यक परेको खण्डमा यस्ता निर्माण सामग्री नेपालले पाउँदैन। त्यसैले यस्तो कानून हटाउनुपर्छ।’

उनले नाफाको लागि निकासी गर्न छुट दिने हो भने भविष्यमा आवश्यक परेको खण्डमा यस्ता निर्माण सामग्री नेपालले पाउन नसक्ने बताए।

उनले निर्माणमुखी सामग्री प्रयोग गर्दा दीर्घकालिन स्रोतको रुपमा हेर्नुपर्नेमा जोड दिए। उनले वातावरण र जलवायु परिवर्तनलाई थप असर पुर्याउने कुरामा सचेत भएर निर्माणजन्य सामग्रीको प्रयोगमा ध्यान दिन जरुरी रहेको बताए।

उनले छिमेकी देशको दबाबले हरेक पटक निर्माणजन्य सामग्री निकासीको विषय आउने गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .