ad ad

कारोबार


नेपाल-भारत दुवैतर्फ भुक्तानी कारोबार गर्न सक्ने सिस्टम ल्याउँदै क्लियरिङ हाउस

नेपाल-भारत दुवैतर्फ भुक्तानी कारोबार गर्न सक्ने सिस्टम ल्याउँदै क्लियरिङ हाउस

नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान


नेपालखबर
फागुन १८, २०८० शुक्रबार १०:६, काठमाडौँ

नेपालीले भारतमा अनलाइनबाटै भुक्तानी गर्ने सिस्टम परीक्षणको चरणमा पुगेको छ। 

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले क्रसबोर्डर पेमेन्ट सिस्टम परीक्षण गर्न लागेको हो। 

नेशनल पेमेन्ट स्विचको प्रणालीको विकास गरिरहेको एनसीएचएलले क्रसबोर्डर पेमेन्ट सिस्टममा काम गरिरहेको छ।

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाको लगानी रहेको एनसीएचएलले केही महिनाभित्रै दुवैतर्फ कारोबार गर्न सकिने सिस्टम लाइभ गर्ने जानकारी दिएको छ। 

नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले क्रसबोर्डर पेमेन्टको लागि परीक्षण भइरहेको बताए। 

‘सुरुमा नेपालीले भारतमा र भारतीयले नेपालमा अनलाइनबाटै कारोबार गर्न सक्ने सफ्टवेयर डेभलप भइसकेको छ’, सीईओ प्रधानले भने, ‘हामी फाइनल अप्रुभल (अन्तिम स्वीकृति)को चरणमा छौँ। दुई देशबीचको कारोबारको परीक्षण चलिरहेको छ।’

एनसीएचएलले दुवैतर्फ कारोबार गर्न सक्ने गरी सिस्टम लाइभ हुने बताए। 

‘सुरुमा खाताबाट खातामा पैसा ट्रान्सफर गर्न मिल्ने सिस्टम लाइभ हुन्छ’, उनले नेपालखबरसँग भने, ‘परीक्षण सफल भएसँगै राष्ट्र बैंकसँग अनुमति लिएर कारोबार सुरु गर्छौँ।’

फोनपेले भारतमा एनसीएचएलको सिस्टमबाट नभई बिजनेस टु बिजनेस (बीटुबी) तहबाट सम्झौता भई कार्यान्वयन गरेको उनको भनाइ छ। 

अहिले फोनपेको सिस्टम प्रयोग गर्ने बैंक तथा वित्तीय संस्था र वालेटमा मात्रै भारतीयले पेमेन्ट (भुक्तानी) गर्न पाउँछन्। नेपालीले भने भारतमा अनलाइनबाट पेमेन्ट गर्न पाउँदैनन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा क्रसबोर्डर पेमेन्टको विषयमा सम्झौता भएको थियो। 

गत फागुन ४ गते दुई देशका केन्द्रीय बैंकहरुले भारतको एकीकृत भुक्तानी विन्दु (यूपीआई) र नेपालको राष्ट्रिय भुक्तानी विन्दु (एनपीआई)लाई एकीकरण गर्नेसम्बन्धी शर्तनामा सन्दर्भ पत्रमा हस्ताक्षर गरेका थिए।  

दुई देशका मुख्य भुक्तानी प्रणाली एकीकृत हुँदा दुवै देशका उक्त प्रणाली प्रयोगकर्तालाई पैसा पाउने र पठाउने सुविधा हुनेछ। त्यो पनि तुरुन्तै, कम लागतमा फन्ड ट्रान्सफर गर्न सकिनेछ। 

राष्ट्र बैंकले क्रसबोर्डर पेमेन्ट गर्दाको सीमा र शुल्क समेत स्वीकृत गर्नुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .