ad ad

कारोबार


राष्ट्रिय गौरवका आयोजनाकाे प्रगति न्यून, विनियाेजित १ खर्बमध्ये २० अर्बमात्रै खर्च

राष्ट्रिय गौरवका आयोजनाकाे प्रगति न्यून, विनियाेजित १ खर्बमध्ये २० अर्बमात्रै खर्च

नेपालखबर
माघ २९, २०७६ बुधबार ११:९,

चालू आर्थिक वर्ष छ महिनामा राष्ट्रिय गौरवका आयोजनाहरूको न्यून खर्च भएको छ। चालू आर्थिक वर्ष २०७६्७७ मा कुल १ खर्ब २ अर्ब ८ करोड विनियोजन गरिएकोमा २० अर्ब २१ करोड मात्रै खर्च भएको हो।

अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्षको ६ महिनामा १९ प्रतिशत मात्रै खर्च भएको बताएका छन्। विकासे आयोजनामा कम खर्च हुनु भनेको अत्यन्तै न्यून प्रगति हुनु हो।

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना र मेलम्ची खानेपानी आयोजना सम्पन्‍न हुने क्रममा रहेको बताए। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्ग र उत्तरदक्षिण लोकमार्गको प्रगति उत्साहजनक रहेको दाबी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .