ad ad

कारोबार


सिधा हवाइ यातायातका लागि नेपाल र इजरायलबीच छलफल

सिधा हवाइ यातायातका लागि नेपाल र इजरायलबीच छलफल

नेपालखबर
माघ २९, २०७६ बुधबार ८:१३,

नेपाल र इजरायलबीच सिधा हवाइ उडान गर्ने विषयमा मंगलबार छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र इजरायलका पर्यटनमन्त्री यारिव लेविनबीच तेल अविवमा छलफल भएको हो।

नेपाली राजदूतावास इजरायलले जारी गरेको प्रेस विज्ञप्तिमा दुई मन्त्रीबीचको भेटमा नेपाल–इजराय सिधा हवाइ उडानको सम्भावित अवसरहरु खोजी गर्ने सहमति भएको उल्लेख छ।

मन्त्री भट्टराई इजरायलका पर्यटनमन्त्री लेविनको निमन्त्रणमा त्यसतर्फ गएका हुन्। सो क्रममा दुई मन्त्रीले भेटवार्ता गरेका थिए। इजरायली पर्यटनमन्त्री लेविनले नेपालले मनाइरहेको भ्रमणवर्षको सफलताका कामना गरेको नेपाली दूतावासले जनाएको छ।

भ्रमणका क्रममा पर्यटनमन्त्री भट्टराईले इजरायली कृषिमन्त्री जाची हानेग्बीलाई पनि जेरुसेलममा भेटेका थिए। कृषिमन्त्रीसँगको भेटवार्तामा भट्टराईले नेपालमा कृषि सेन्टर खोल्ने प्रक्रिया तीव्र पार्न आग्रह गरेका थिए। इजरायलले नेपालमा सञ्चालन गरेको लर्न एण्ड अर्न कृषि परियोजनाको लागि धन्यवाद र प्रशंसा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .