ad ad

कारोबार


पशुपति क्षेत्र विकास कोषको जग्गा खोज्न मन्त्री किरातीले बनाए पूर्वसचिव रेग्मी नेतृत्वको समिति

पशुपति क्षेत्र विकास कोषको जग्गा खोज्न मन्त्री किरातीले बनाए पूर्वसचिव रेग्मी नेतृत्वको समिति

नेपालखबर
फागुन १३, २०८० आइतबार १६:५०, काठमाडौँ

पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा समिति बनेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेको जग्गा खोजीका लागि समिति बनाएको हो। 

मन्त्रालयले आइतबार ५ सदस्यीय समितिको सदस्यहरुमा पूर्वसहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयको उपसचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु केसी छन् ।  

गुठी र कोषका नाममा लिच्छविकालबाटै विभिन्न दाताहरुले दान गरेको जग्गा पछिल्ला समय व्यक्तिले हडप्ने क्रम बढेसँगै खोजीका लागि समिति बनाइएको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले काठमाडौं उपत्यकामा रहेको जग्गा व्यवस्थापनका लागि कोषले काम अगाडि बढाइसकेको बताउँदै अवैधरुपमा बनेको संरचना भत्काउन सुरु भएको बताए। 

‘पशुपतिनाथको नाममा देशभर नै जग्गाहरु छन् यसलाई व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गरिएको हो’, मन्त्री सुदन किरातीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .