लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव केशव झाले पार्टी अध्यक्षका कारण पार्टी नै समाप्त हुन लागेको आरोप लगाएका छन्।
पार्टीभित्र अध्यक्ष महन्थ ठाकुरले पार्टीमा व्यक्तिवादी निर्णय गर्दा पार्टी राजनीतिक रुपमा धराशायी बनेको बताएका हुन्।
उनले पार्टी अध्यक्ष ठाकुरको कारणले विचार शून्य पार्टी बनेको आरोप लगाए। पार्टीभित्र पद लोपुपता, सत्ता मोह झाँगिदै गएकाले इमान्दार कार्यकर्ता बस्न नसक्ने अवस्थामा पुगेको बताए।
महासचिव झाले आफूले धेरै कोशिस गर्दा पनि पार्टी भित्रको बेथिति निश्तेज पार्न नसकेको बताए। पार्टी अध्यक्षले आफैँले कार्यशैली परिवर्तन नगरे ठूलो विद्रोह हुनसक्ने अवस्था पार्टीमा बन्दै गएको बताए।
105
Shares
प्रतिक्रिया