कारोबार


दिनार, अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढ्यो, युरोको घट्यो

दिनार, अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढ्यो, युरोको घट्यो

फाइल तस्बिर


नेपालखबर
माघ १६, २०८० मंगलबार ५:३८, काठमाडौँ

अमेरिकी र अस्ट्रेलियन डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ  बढ्दा आज युरोपियन युरोको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियम दरअनुसार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। 

लगातार तीन दिन स्थिर रहेको अमेरिकी डलरको भाउ आज थोरै बढेको हो। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रुपैयाँ २९ पैसा थियो। 

त्यसैगरी आज युरो १ को खरिदर १४३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४४ रुपैयाँ २४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा थियो। 

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ। हिजो  बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३२ पैसा थियो। 

त्यसैगरी बहराइन दिनार १ को खरिददर ३५२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ५३ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को करिददर ४३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४३३ रुपैयाँ २८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को करिददर ४३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ३१ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad