ad ad

कारोबार


वाणिज्य बैंकले ५ महिनामा गरे २८ अर्ब ३६ करोड खुद नाफा, कुनले कति?

वाणिज्य बैंकले ५ महिनामा गरे २८ अर्ब ३६ करोड खुद नाफा, कुनले कति?

नेपालखबर
माघ १, २०८० सोमबार १२:१७, काठमाडौँ

सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले २८ अर्ब ३६ करोड खुद नाफा गरेका छ्न्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ५ महिनासम्ममा वाणिज्य बैंकहरुले २८ अर्ब ३६ करोड रूपैयाँ खुद नाफा गरेका हुन्।

यस अवधिसम्म नबिल बैंक सबैभन्दा बढी नाफा गर्न सफल भएको छ। यस बैंकले चालू आर्थिक वर्षको ५ महिनामा नबिल बैंकले २ अर्ब ९६ करोड रूपैयाँ खुद नाफा गरेको छ। ग्लोबल आईएमई बैंक सबैभन्दा धेरै नाफा गर्ने बैंकमध्ये दोस्रो स्थानमा छ। 

यस बैंकले मंसिरसम्ममा ग्लोबल आईएमई बैंक २ अर्ब ७४ करोड खुद नाफा गरेको छ। यस्तै, यस अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगाले २ अर्ब ६० करोड रूपैयाँ नाफा गर्न सफल भएको छ। 

यस्तै प्राइम कमर्सियल बैंकले एनआईसी एसिया बैंकलाई उछिन्दै यस अवधिमा १ अर्ब ९३ करोड रूपैयाँ खुद नाफा गरेको छ। एनआईसी एसिया बैंकले १ अर्ब ८५ करोड रूपैयाँ खुद नाफा गर्न सफल भएको छ।

यस्तै, हिमालयन बैंकले १ अर्ब ८० करोड, प्रभु बैंकले १ अर्ब ४९ करोड, एनएमबि बैंकले १ अर्ब ४५ करोड,राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ४१ करोड ,एभरेष्ट बैंकले १ अर्ब ४० करोड , कुमारी बैंकको १ अर्ब ३० करोड,सिद्धार्थ बैंक १ अर्ब २५ करोड, स्टाण्डर्ड चार्टर्ड बैंकले १ अर्ब २२ करोड रूपैयाँ,नेपाल बैंक लिमिटेडले १ अर्ब २१ करोड र सानिमा बैंकले १ अर्ब ७ करोड रूपैयाँ खुद नाफा गर्न सफल भएका छन्।

यस्तै यस अवधिमा नेपाल एसबिआई बैंक ९१ करोड ६३ लाख रूपैयाँ, लक्ष्मी सनराइज बैंक ८९ करोड ८० लाख रूपैयाँ, माछापुच्छ्रे बैंक ७६ करोड २७ लाख रूपैयाँ र सिटिजन्स इन्टरनेशनल ७४ करोड ३६ लाख रूपैयाँ खुद नाफा गर्न सफल भएका छन्।

यस अवधिमा सबैभन्दा कम खुद नाफा कृषि विकास बैंकले गरेको छ। यस अवधिमा यस बैंकले १२ करोड ५० लाख रूपैयाँ खुद नाफा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .