ad ad

कारोबार


हिमालयन बैंकले प्रिमियममा आईपीओ जारी गर्ने, सञ्चालक समितिलाई जिम्मा

हिमालयन बैंकले प्रिमियममा आईपीओ जारी गर्ने, सञ्चालक समितिलाई जिम्मा

नेपालखबर
पुस २९, २०८० आइतबार १७:२७, काठमाडौँ

हिमालयन बैंक लिमिटेडको ३१औँ वार्षिक साधारण सभा आयोजना गरेको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैक तथा यसका सहायक कम्पनीहरु सहितको एकिकृत वित्तीय विवरण पारित गरेको छ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन प्रस्तुत गरेका थिए। 

अध्यक्ष श्रेष्ठले समीक्षा वर्षमा सिभिल बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको तथा तत्कालीन सिभिल क्यापिटल मार्केट लिमिटेडलाई पनि बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले प्राप्ति गरी एकिकृत कारोबार सुरु गरिसकेकको जानकारी गराए। 

यसका साथै उनले सिभिल लघुवित्तको नाम परिवर्तत गरी यस बैंकको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सञ्चालन गरिरहेको जानकारी गराए। 

उनले बैंकले निकट भविष्यमा आफ्नो सेवा विस्तारलाई ध्यानमा राखी धितोपत्र सम्बन्धी कारोबार गर्न हिमालयन सेक्युरिटिज लिमिटेडको नाममा अर्को सहायक कम्पनी दर्ता गरी कारोबार सुरु गर्न नियामक निकायबाट स्वीकृति प्राप्त गर्ने प्रक्रियामा रहेको जानकारी दिए। 

उहाँले बैंकले आ.व. २०७९/८० को अन्त्य सम्म प्राप्ति सहित २ खर्ब ७८ अर्ब ५२ करोड निक्षेप  संकलन र २ खर्ब ४२ अर्ब ७५ करोड कर्जा प्रवाह गरेको जानकारी गराए। जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ६२.४२ र ५५.१७ प्रतिशतले बढी हो। 

उनले विश्वका आर्थिक, सामाजिक तथा भूराजनीतिक घटनाहरुका कारण हाल यस बैंक तथा सम्पूर्ण बैकिङ्ग क्षेत्रले नै चुनौतीको सामना गरिरहेको रहेको बताए।

उक्त साधारण सभाले बैंकले आफ्नो कुल सेयर पुँजीमा आवश्यक सर्वसाधारण सेयरधनी सेयर अनुपात कायम गर्नका लागि अङ्कित मूल्यमा प्रिमियम थप गरी साधारण सेयर थप सार्वजनिक निष्काशन गर्ने तथा उक्त थप सार्वजनिक निष्काशनको संख्या निर्धारण गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ। 

उक्त सभामा हिमालयन बैंकको सञ्चालक समितिमा संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने ५ जना  सञ्चालक पदमा प्रचण्ड बहादुर श्रेष्ठ, फरहान तलिव, जितेन्द्र धिताल, सुनिल बहादुर थापा र प्रताप जंग पाण्डे निर्विरोध निर्वाचित भएको तथा सर्वसाधारण सेयरधनीको तर्फबाट आशिष शर्मा निर्विरोध निर्वाचित भएको तथ्य निर्वाचन अधिकृत रमेश सापकोटाले जानकारी दिए। 

त्यसैगरी बैंकको आजै बसेको सञ्चालक समितिको बैठकले नवनियुक्त सञ्चालकहरुमध्ये प्रचण्डबहादुर श्रेष्ठलाई सर्वसम्मत रुपमा आगामी ४ वर्षका लागि बैंकको अध्यक्षमा नियुक्त गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .