ad ad

कारोबार


प्रभु इन्स्योरेन्सको सीईओमा फेरि बज्राचार्य नियुक्त

प्रभु इन्स्योरेन्सको सीईओमा फेरि बज्राचार्य नियुक्त

नेपालखबर
पुस २२, २०८० आइतबार १२:३३, काठमाडौँ

प्रभु इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्चित बज्राचार्य पुनः नियुक्त भएका छन्। 

२०८० माघ १ गतेदेखि लागु हुने गरी ४ वर्षको लागि कम्पनीको पुनः उनलाई सीईओमा नियुक्त गरेको हो।

बज्राचार्य यसअघि पनि सोही कम्पनीका कार्यकारी प्रमुख रहेका थिए। तर नयाँ बीमा ऐन जारी भएपछि प्रभु इन्स्योरेन्समा यो उनको पहिलो नियुक्त हो।

बज्राचार्यसँग बीमा क्षेत्रकोे करिब दुई दशकको कार्यानुभव छ। त्यसअघि उनी विभिन्न सरकारी तथा गैरसरकारी संघ÷संस्थाहरुमा १० वर्षभन्दा बढीको कार्यानुभव लिएका थिए।

बज्राचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन्। बीमा तथा अर्थजगतका कुशल व्यवस्थापकका रूपमा परिचित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .