ad ad

कारोबार


बीवाईडीद्वारा एक वर्षमा ३० लाखबढी विद्युतीय सवारी साधन बिक्री

बीवाईडीद्वारा एक वर्षमा ३० लाखबढी विद्युतीय सवारी साधन बिक्री

नेपालखबर
पुस १९, २०८० बिहिबार २०:५३, काठमाडौँ

बीवाईडीले सन् २०२३ मा ३ मिलियन भन्दा बढीको संख्यामा विद्युतीय सवारी साधनहरू बिक्री गरेको छ।

गएको वर्षको अन्त्य सम्ममा ३० लाख २४ हजार ४१७ विद्ययुतीय गाडीहरू बेचेको कम्पनीले घोषणा गरेको छ। यस माइलस्टोनले बीवाईडीको ६१.८ प्रतिशतको वर्ष दर वर्ष वृद्धि मात्रै नभएर दिगो साधनहरुको विकासमा बीवाईडीको प्रतिबद्धतालाई पनि देखाएको कम्पनीको भनाई छ।

बीवाईडीले डिसेम्बर २०२३ मा, कुल मासिक ३ लाख ४१ हजार ४३ न्यू इनर्जी गाडीहरू (एनईभी) बिक्री गरेको थियो। वर्षको अन्तिम महिनाको यस अद्भुत प्रदर्शनले बीवाईडीलाई विद्युतीय गाडीहरूको बजारमा अग्रणी स्थान सुनिश्चित गर्न सहयोग गरेको जनाएको छ।

२०२२मा पनि बीवाईडीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ रेकर्ड कायम गर्दै, १.८६ मिलियन विद्युतीय गाडीहरू बेचेको रेकर्ड बनाएको थियो। कम्पनीको दिगो पर्यावरणीय संरक्षण र नविन प्रविधि विकास प्रतिको प्रतिवद्धताले नै बीवाईडीलाई विद्युतीय सवारीसाधनको क्षेत्रमा नयाँ उचाईमा पुर्याएको हो।  

नोभेम्बर २०२३, बीवाईडीको यो प्रगतिशील यात्राको एक महत्त्वपूर्ण क्षण रहेको छ। कम्पनीले आधिकारिक रुपमा आफ्नो ६ मिलियन बिद्ध्युतिय गाडीहरू बजारमा लेराइ कम्पनीको प्राकृतिक तथा शुचित भविष्य सृष्टि गर्ने लक्ष्यमा एक ऐतिहासिक माइलस्टोन हासिल गरेको जनाएको छ।  

बीवाईडीको सफलता, यसको अत्याधुनिक प्राविधिको तथा बलियो उत्पादन लाइनअपको प्रमाण हो जसले पर्यावरण(मैत्री यातायात समाधानहरुको लागि बढ्दो विश्ववायापी मागसगँ प्रतिध्वनित गर्दछ। आजको दिनमा, कम्पनी विद्युतीय सवारी क्रान्तिको अग्रभागमा रहदै, उद्योगमै बेन्चमाक्रहरु सेट गरी रहेको छ ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .