ad ad

कारोबार


माछापुच्छ्रे बैंकद्वारा अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता

माछापुच्छ्रे बैंकद्वारा अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता

नेपालखबर
पुस १९, २०८० बिहिबार १९:१४, काठमाडौँ

माछापुच्छ्रे बैंक लिमिटेडले पर्यटकहरुको आकर्षक गन्तव्य अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ।

स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिम साथै जोखिम न्यूनीकरणका उपायहरुको बारेमा जानकारी प्रदान गरिएको थियो।  सो विषयमा उपस्थित होटल व्यवसायी तथा स्थानीयबीच अन्तरकृया कार्यक्रम समेत सञ्चालन गरी नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज मानिने क्यूआर, पीओएस, एनएफसी सेवाको महत्त्वबारे अवगत गराइएको थियो।

अन्नपूर्ण आधार शिविर क्षेत्रमा ५० भन्दा बढी होटेल तथा रेष्टुरेन्टहरु सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .