सेयरबजारमा ८.७५ अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार परिसूचक उक्त अंकले घटेपछि २०६०.१५ विन्दुमा रोकिएको हो।
योसँगै कुल कारोबार ४ अर्ब ४८ करोड रुपैयाँमा थामिएको छ। सोमबार कुल १ करोड १८ लाख ९२ हजार कित्ता सेयर किनबेच भएका थिए।
खासगरी वित्त, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, सामूहिक लगानी कोष, निर्जीवन बीमा र अन्य समूहको सूचक घटेको छ भने व्यापार, लगानी, वाणिज्य बैंक र विकास बैंक समूहतर्फ केही हरियो देखिएको छ।
योसँगै ७७ कम्पनीको सेयर बढ्दा १५९ वटाको घटेको र १० वटाको उही मूल्यमा कारोबार भएको छ।
नेप्सेका अनुसार सीईडीबी जलविद्युत् विकास कम्पनी, चिर्ख्र्वा हाइड्रोको १० प्रतिशतले सेयर बढ्दा लगानीकर्ताले कमाएका छन्। यता मौलुङ हाइड्रो, मनकामना इन्जिनियरिङलगायतको सेयर भने घटेको छ।
आज सबैभन्दा बढी शिवम् सिमेन्टको २० करोडको कारोबार भएको छ। दिनभरिमा कुल १ लाख २ हजार ९ सय ५ पटक सेयर खरिदबिक्री भएको थियो।
Shares
प्रतिक्रिया