कारोबार


सनसिल्क दसैँ भाइब्सका ३ भाग्यशाली विजेता घोषित, जिते १/१ लाख

सनसिल्क दसैँ भाइब्सका ३ भाग्यशाली विजेता घोषित, जिते १/१ लाख

नेपालखबर
पुस १३, २०८० शुक्रबार १९:४५, काठमाडौँ

युनिलिभरको हेयर केयर ब्रान्ड सनसिल्कले तीन युवतीलाई सनसिल्क दसैँ भाइब्स-३ को विजेता घोषणा गरेको छ।

विजेता घोषित हुनेमा सजिना खनाल, सुस्मिता बन्जरा र विजया प्रधान छन्। हरेक विजेताले १ लाख रुपैयाँसहित अर्को वर्षको सनसिल्कको प्याकमा प्रस्तुत हुने मौका र सनसिल्क ग्याङ अफ गर्ल्सको हिस्सा बन्ने अवसर पनि पाएका छन् ।

युनिलिभरले सनसिल्क दसैँ भाइब्स नामक एउटा डिजिटल अभियान २०२१ देखि सबै प्रकारका सुन्दर कपाल प्रदर्शन गर्दै महोत्सव मनाउने उद्देश्यले थालनी गरेको थियो। 

अभियानमार्फत् सनसिल्कले एउटा समूह सनसिल्क ग्याङ अफ गर्ल्स बनाएको छ। 

कम्पनीका अनुसार, यस वर्षको प्रतियोगिता 'लेट्स सेलिब्रेट हेयर, लेट्स सनसिल्क' भन्ने विषयवस्तुमा सञ्चालन गरिएको थियो, जसको प्रमुख उद्देश्य सबै प्रकारको कपाल र कपालको शैलीलाई कदर गर्ने उत्सवको रुपमा हेरिएको थियो।

दशैंलाई कपालको मेगा उत्सवको रूपमा स्थापना गर्ने उद्देश्यले सबै खाली कपाल प्रदर्शन गर्न प्रतियोगीहरूलाई आमन्त्रण गरिएको थियो। जसमा ४ हजार ४ सय ८५ प्रतियोगीले सहभागिता जनाएका थिए। यो सहभागिता अहिलेसम्मकै ठूलो रहेको आयोजकको भनाइ छ।

सनसिल्क दसैँ भाइब्सले स्थानीय जीवनशैली, संस्कृति, हेयरस्टाइल र दसैँको भावनालाई समेट्ने उत्सवको रूपमा द्रुत रूपमा विकसित भएको कम्पनीको दाबी छ।

युनिलिभर नेपालका मार्केटिङ प्रमुख सौरभ करन्जितका अनुसार, सनसिल्क नेपालको सबैभन्दा ठूलो सौन्दर्य ब्रान्ड हो,  जुन व्यापकरूपमा वितरण हुनुका साथै लाखौं उपभोक्ताले रुचाएका छन्।  

सनसिल्क दशैँ भाइब्सका तीन भाग्यशाली विजेताहरू ब्रान्ड एम्बेसडर, प्रिन्सी र प्रिज्मासँगै उभिएर सनसिल्क ग्याङ अफ गर्ल्समा सामेल हुन पाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad