ad ad

कारोबार


हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कतिले भरे?

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कतिले भरे?

नेपालखबर
पुस २, २०८० सोमबार ११:५३, काठमाडौँ

हिमालयन रि-इन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (पुस २ गते) अन्तिम दिन हाे। 

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको थियाे।

कम्पनीले प्रतिसेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले आईपीओ निष्काशन गरेको हो।

कम्पनीले सर्वसाधारणका लागि दुई करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको छ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .