ad ad

कारोबार


माछापुच्छ्रे सेक्युरिटिज सञ्चालनमा

माछापुच्छ्रे सेक्युरिटिज सञ्चालनमा

नेपालखबर
मंसिर २१, २०८० बिहिबार १७:८, काठमाडौँ

माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड सञ्चालनमा आएको छ। बिहीबार एक औपचारिक कार्यक्रमका बीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले कम्पनीको उद्घाटन गरेका हुन्। 

काठमाण्डौँको जमलस्थित नेपाल चेम्वर भवनमा कार्यालय रहने गरी माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले औपचारिक रुपमा कार्य शुभारम्भ गरेको हो। 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्र बजारको विकास र विस्तारको लागि माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। 

उनले धितोपत्र बजारमा नयाँ सेक्युरिटिजको रुपमा उदय भएकोमा माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडलाई स्वागत गर्दै लगानिकर्ताहरुमा धितोपत्र कारोबारको विश्वसनियता बढाउदै आगामी दिनमा कार्य सफलताको लागि शुभकामना व्यक्त गरे। 

बैंकका पूर्वअध्यक्ष एवं गैर आवासीय संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले माछापुच्छे्र« बैंकको सहायक कम्पनीको रुपमा दर्ता भई धितोपत्र बजारमा कारोबार गर्ने मुख्य उद्धेश्यका साथ स्थापना भएको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले माछापुच्छ्रे बैंक लि. ले जस्तै देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .