ad ad

कारोबार


सामाजिक सञ्जाल प्रतिबन्ध : एआईसीले ध्यानाकर्षण गराउँदै सञ्चारमन्त्रीलाई लेख्यो पत्र

सामाजिक सञ्जाल प्रतिबन्ध : एआईसीले ध्यानाकर्षण गराउँदै सञ्चारमन्त्रीलाई लेख्यो पत्र

नेपालखबर
मंसिर २१, २०८० बिहिबार १४:९, काठमाडौँ

एसिया इन्टरनेट कलिसन (एआईसी)ले नेपाल सरकारलाई पत्र लेख्दै बैठकको लागि सञ्चारमन्त्री रेखा शर्मालाई आग्रह गरेको छ। 

मन्त्री शर्मालाई पत्र पठाउँदै एआईसीले नेपालमा पछिल्लो समय भएका नियामकीय परिवर्तनबारे छलफलका लागि आग्रह गरेको हो। 

एआईसीले एसिया प्रशान्त क्षेत्रमा देखिएका इन्टरनेट नीतिका समस्या र समाधानमा सहकार्य गर्दै आएको छ। 

नेपाल सरकारले नियमन गर्न नसकेको भन्दै पछिल्लो समय सामाजिक सञ्जाल टिकटक नेपालमा नचल्ने बनाइदिएको छ। योसँगै अन्य सामाजिक सञ्जालसमेत बन्द गर्ने दिशामा अग्रसर देखिएपछि एआईसीले पत्र लेखेको हो। 

एआईसीले पछिल्लो समय नेपालमा विकसित इन्टरनेट नियन्त्रणमुखी नीतिलाई सरकारले अगाडि बढाएकाले पत्र लेख्नुपरेको जनाएको छ। 

‘पछिल्ला दिनमा सामाजिक सञ्जाल निर्देशिका ल्याइएको र भविष्यमा सामाजिक सञ्जाल एपहरु प्रतिबन्धित गर्नेतर्फ सरकार अग्रसर देखिएकाले हाम्रो ध्यानाकर्षण भएको छ’, एआईसीले भनेको छ, ‘सामाजिक सञ्जालका प्रयोगकर्तालाई उत्तरदायी बनाउन यी प्लेटफर्म नियमनको महत्त्वबारे जानकार हुँदाहुँदै पनि पछिल्लो समय सरकारले चालेका कदम विश्व अभ्यासविरुद्ध रहेको र सार्वजनिक र सम्बन्धित उद्योगहरुसँग कुनै पनि छलफल नगरिएकाले गम्भीर सवाल उठाएको छ।’

पत्रमार्फत उसले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार सचिव, दूरसञ्चार प्राधिकरणलगायतलाई पनि बोधार्थ दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .