ad ad

कारोबार


४७.७५ अंकले बढ्यो नेप्से, ३७ दिनपछि २ अर्बको कारोबार

४७.७५ अंकले बढ्यो नेप्से, ३७ दिनपछि २ अर्बको कारोबार

नेपालखबर
मंसिर १०, २०८० आइतबार १५:२९, काठमाडौँ

२३ कारोबार दिनपछि सेयर बजार परिसूचक नेप्से १९ सय विन्दुमाथि उक्लिएको छ। आज ४७.७५ अंकले बढेको बजार १९०७.९५ विन्दुमा पुगेको हो।

बजारमा २ अर्ब १ करोड रूपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ३३ करोडको कारोबार भएको थियो।

पछिल्लो ३७ कारोबार दिनपछि कारोबार रकम २ अर्ब नाघेको हो। 

आज १८५९.२४ विन्दुमा खुलेको बजार निरन्तर बढेर २.५६ प्रतिशतको वृद्धिमा रोकिएको हो। २१४ कम्पनीको सेयरमूल्य बढ्दा २३ कम्पनीको भने घटेको छ।

त्यसैगरी, तीन कम्पनीको सेयरमूल्य स्थिर देखिएको छ।

आज छ्याङ्दी हाइड्रोपावर र भवगती हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

नेप्सेमा सोनमपुर मिनिरल कम्पनीको सर्वाधिक ११ करोड ६६ लाख र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ करोडको कारोबार भएको छ।

इन्फिनिटी लघुवित्तको सेयरमूल्य सर्वाधिक २.४७ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .