अमेरिकामा रेमिट्यान्स सेवा सफल भएसँगै हाम्रो पात्रोले अस्ट्रेलियामा पनि सेवा विस्तार गरेको छ।
अस्ट्रेलियामा भएका नेपालीले अब हाम्रो पात्रो रेमिट्यान्सबाटै नेपालमा रकम पठाउन सक्नेछन्।
हाम्रो पात्रोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर उप्रेतिले अस्ट्रेलियाबाट नेपालमा रेमिट्यान्स सहजै गर्न सकिने बताए।
‘अमेरिकामा रेमिट्यान्स सेवा सफल भएसँगै अस्ट्रेलिया सेवा विस्तार गरिएको छ’, सीईओ उप्रेतीले भने,‘डिजिटल रुपमै रेमिट्यान्स पठाउँदा लागत कम हुन्छ। जसबाट सेवाग्राहीको खर्च बच्छ।’
पात्रोको सुविधासहित सूचना र समाचार दिने हाम्रो पात्रोले अनलाइन कारोबार गर्न थालेको हो।
केही समय अघिबाट हाम्रो पात्रोले नेपालसँगै भारतमा डिजिटल वालेट हाम्रो पे सुरु गरिसकेको छ।
मंसिर ४, २०८०, साेमबार
30
Shares
प्रतिक्रिया