ad ad

कारोबार


सूर्यज्योति लाइफले ल्यायो ‘सूर्यज्योति सही प्लान’

सूर्यज्योति लाइफले ल्यायो ‘सूर्यज्योति सही प्लान’

नेपालखबर
मंसिर १, २०८० शुक्रबार २०:४७, काठमाडौँ

सूर्यज्योति लाइफले ‘सूर्यज्योति सही प्लान’ सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंमा सो योजनाको बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सूर्यज्योति लाइफका अध्यक्ष केशव प्रसाद भट्टराईले उद्घाटन गरेका हुन्।

प्रिमियममा ठूलो रकमको आजीवन बीमा गर्न सकिने र तिरेको सम्पूर्ण रकम फिर्ता हुने नेपालकै पहिलो योजना सार्वजनिक गरिएको कम्पनीले दाबी गरेको छ। 

कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले गरीबले पनि बीमा गर्न सक्ने कम प्रिमियममा ठूलो बीमा गर्न मिल्ने योजना ल्याएकोमा खुसी मिलेको बताए।

थोरै प्रिमियममा ठूलो बीमा लिन सकिने, ७० वर्ष पुगे पश्चात् तिरेको सम्पूर्ण प्रिमियम फिर्ता हुने, आर्थिक सुरक्षा आजीवन रहिरहने र तिरेको प्रमियमको ६ गुणा सम्मको रकम फिर्ता हुने विशेषताहरूका साथै ऐच्छिक सुविधा अन्तर्गत सर्वाधिक ३५ घातक रोगविरुद्ध ५० लाखसम्मको पनि आर्थिक रक्षावरण गर्न सकिनेछ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आम जनजीवनमा आईपर्नसक्ने आर्थिक भारको जोखिममा सहयोग दिन यो योजना उत्तम भएको दाबी गरे। 

कार्यक्रममा बीमा प्रधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल लागायत प्राधिकारणका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई, निर्देशकहरू क्रमशः नन्द किशोर शर्मा, हेमन्त नहाटा, आकाश गोल्छा, चुडामणि देवकोटा र प्रिया तयालको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .