ad ad

कारोबार


सातै प्रदेशबाट ३५ जनालाई ‘त्रिशूली रिभर गाइड तालिम’

सातै प्रदेशबाट ३५ जनालाई ‘त्रिशूली रिभर गाइड तालिम’

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार १५:१०, काठमाडौँ

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) द्वारा संयुक्त रुपमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल एसोसिसन अफ राफ्टिङ एजेन्सिज (नारा) सँगको सहकार्यमा त्रिशूली नदीमा रिभरगाइड तालिम सम्पन्न भएको छ। 

दुई सातासम्म सञ्चालित तालिममा सातै प्रदेशबाट ३५ प्रशिक्षार्थी सहभागी भएका थिए। तालिममा रिभर गाइड तथा राफ्टिङको  सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिइएको थियो। जसमा नदीहरुको जानकारी, फोहरमैला व्यवस्थापन, राफ्टिङ सञ्चालन, यसमा आइपर्ने जोखिम र यात्रुको  सुरक्षालगायत विषयमा प्रशिक्षण दिइएको तालिमका मुख्य प्रशिक्षक कमलबहादुर ठकुरीले जानकारी दिए।

तालिम समापन समारोहमा बोल्दै नाराका निर्वतमान अध्यक्ष गंगाप्रसाद नेपालले नेपालमा जल पर्यटनको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्रमा देखिएको जनशक्तिको अभाव परिपूति गर्न तालिम सहयोगी हुने बताए। तालिमले स्वदेश तथा विदेशमा रोजगारीको अवसर प्रदान गर्ने तथा देशमै स्वरोजगार बन्न चाहनेका लागि समेत यो फलदायी हुने बताए।

जल पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न बोर्डले विभिन्न समयमा यस्ता तालिम आयोजना गरेको र त्यसैको निरन्तरता स्वरुप यो तालिम आयोजना गरिएको नेपाल पर्यटन बोर्डका प्रबन्धक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले जानकारी दिए।

देशैभरिबाट सहभागिताका लागि आह्वान गरी तालिम सञ्चालन गरिएको जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिविकोपार्जनविज्ञ धर्म दवाडीले जानकारी दिए। तालिमका सहभागीले तालिम व्यावहारिक भएको र यसले आफूहरूमा काम प्रतिको आत्मविश्वास बढाएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .