कारोबार


भाइटीका थिममा एनसेलको लघु चलचित्र प्रतियोगिता

भाइटीका थिममा एनसेलको लघु चलचित्र प्रतियोगिता

नेपालखबर
कात्तिक २०, २०८० सोमबार १९:२०, काठमाडौँ

एनसेल आजियाटा लिमिटेडले चलचित्र मार्फत दाजु–बहिनी, दिदी–भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाइटीकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गरिरहेको छ।

यस प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउन सक्ने सबै ईच्छुक व्यक्ति वा समूहले भाग लिन सक्छन्।

यस प्रतियोगितामा सहभागी हुन ईच्छुक सबैले दिदी–भाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखि ५ मिनेटको भिडिओ अर्थात् चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनु पर्दछ।

भिडिओको कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गरी ‘हामी तपाईंकै लागि’ विषयवस्तुको वरिपरि घुमेको हुनुपर्दछ।

उल्लेखित सबै कुरालाई ध्यानमा राखी सहभागीहरुले दिदी–भाइबीचको सुमधुर सम्बन्धलाई मन छुने प्रस्तुतिमार्फत उजागर गर्दै आफ्नो कलाकारितामार्फत निर्णायक मण्डलको मन जितेर पुरस्कार जित्ने मौका पाउनेछन्। यस प्रतियोगितामा प्रथम हुने व्यक्ति वा समूहले रु १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन्। त्यस्तै, दोस्रो हुनेले रु ७५ हजार नगद र तेस्रो हुनेले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ।

‘हामी उदीयमान फिल्म निर्माताहरूका लागि प्लेटफर्म प्रदान गर्न पाउँदा अत्यन्तै उत्साहित छौं। विभिन्न समूह र सहभागीहरूले आफ्नै कथा तथा प्रस्तुतीमार्फत देखाउने कला पक्कै राम्रो हुनेछ। अझै राम्रो पाटो भनेको हामी सधै अरूको रचनात्मक प्रयासहरूबाट धेरै प्रेरणा लिईरहेका हुन्छौं’ एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने।

प्राप्त सबै भिडिओहरु मध्ये छानिएका भिडिओहरु भाइटीकाको दिन एनसेलको सोसल मिडिया प्लेटफर्महरुमार्फत सार्वजनिक गरिनेछ। निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह, मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालको निर्माता साहाना बज्राचार्य र फिल्म निर्माता अविन भोको एक निर्णायक मण्डलले यस प्रतियोगितामा प्राप्त भिडियोहरुको समीक्षा र मूल्यांङकन गर्नेछ। यस प्रतियोगिताका विजेताहरु कात्तिक २९ गते भाइटीकाको दिन घोषणा गरिनेछ।

सहभागी हुन इच्छुकहरुको प्रतिक्रिया र अनुरोधका आधारमा यस प्रतियोगिताको भिडिओ बुझाउने मिति कात्तिक २३ गतेसम्म थप गरिएको छ। थप जानकारी तथा सर्तहरुका बारेमा एनसेलको वेबसाइटमार्फत जानकारी लिन सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad