ad ad

कारोबार


एमच्याम नेपालले पायो यूएस चेम्बर अफ कमर्सको सदस्यता, २०२४ मा इकोनोमिक्स समिट गर्ने

एमच्याम नेपालले पायो यूएस चेम्बर अफ कमर्सको सदस्यता, २०२४ मा इकोनोमिक्स समिट गर्ने

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १६:४, काठमाडौँ

अमेरिकी लगानीमा नेपालमा सञ्चालित ब्यवसायहरूको छाता संस्था अमेरिकन च्याम्बर अफ कमर्स (एमच्याम) नेपालले युएस चेम्बर अफ कमर्सको सदस्यता प्राप्त गरेको छ।

अमेरिकामा आयोजित कार्यक्रममा युएस च्याम्बर अफ कमर्सका दक्षिण एसियातर्फका वरिस्ठ उपाध्यक्ष अतुल कश्यप र युएस च्याम्बर अफ कमर्सका अन्तराष्ट्रिय सम्बन्ध प्रमुख जोन मर्फीले एमच्याम नेपालका अध्यक्ष अजित शाहलाई सदस्यताको प्रमाणपत्र प्रदान गरेका हुन्।

एमच्याम नेपालले आफ्नो स्थापनाको दुई वर्षमै यूएस च्याम्बर अफ कमर्सको सदस्य बनेको छ।    

एमच्याम मार्फत अब संसारभरबाट नेपालमा लगानी गर्नका लागि अनुरोध गर्न सक्ने अवस्था बनेको अध्यक्ष शाहले बताए।  
 
एमच्याम नेपालले सन् २०२४ मा नेपालमा युएस।नेपाल इकोनोमिक समिट आयोजना गर्ने घोषणा गरेका छन्। इकोनोमिक समिटमा अमेरिकाको निजी क्षेत्र र विभिन्न मुलुकका एमच्याम सदस्यहरूको सहभागीता हुनेछ।

अमेरिकी लगानीमा अहिले नेपालमा उर्जा, सूचनाप्रविधि तथा पर्यटन लगायतका क्षेत्रमा लगानी हुँदै आएको छ। एमच्याम नेपालमा हालसम्म ४४ सदस्य रहेका छन्।

विश्वभर १३० मुलुकमा  यूएस च्याम्बर अफ कमर्सका च्याप्टर (एमच्याम) हरु रहेका छन् जहाँ ३० लाख बढी व्यवसायीक संस्था आवद्ध छन्।

परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेपालको टोली अमेरिकाको औपचारिक भ्रमणमा रहेकै समयमा एमच्याम नेपालले सदस्यता पाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले अमेरिका र निजी क्षेत्रले नेपालको उर्जा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए। यस्तै नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले अर्थतन्त्र सञ्चालनका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन्।
 
कार्यक्रमलाई सम्बोधन गर्दै यूएस च्याम्बर अफ कमर्सका दक्षिण एसियातर्फका वरिस्ठ उपाध्यक्ष अतुल कश्यपले नेपाल हरित उर्जाका लागि प्रशस्त सम्भावना रहेको र यसमा लागानी केन्द्रित गर्नु उपलब्धिमुलक हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .