ad ad

कारोबार


६२ प्रतिशत परिवारको बैंक खाता, २५ प्रतिशतको बैंकमा ऋण

६२ प्रतिशत परिवारको बैंक खाता, २५ प्रतिशतको बैंकमा ऋण

नेपालखबर
कात्तिक १३, २०८० सोमबार १५:२०, काठमाडौँ

देशभर ६१.८९ परिवारका सदस्यको मात्रै बैंक खाता रहेको छ। कुल ६६ लाख ६० हजार परिवार मध्ये ४१ लाख २२ हजार परिवारका कम्तीमा एक सदस्यको बैंक खाता रहेको राष्ट्रिय जनगणनाले देखाएको हो।

राष्ट्रिय तथ्यांक कार्यालयले थप तथ्यांक सार्वजनिक गर्दै कूल २ करोड ९१ लाख जनसंख्या मध्ये २५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता रहेको छ।

कुल परिवार मध्ये २५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिएका छन्। प्रदेश अनुसार वर्गीकरण गर्दा ऋण लिने परिवार सबैभन्दा बढी मधेश प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशत रहेको छ।

कुल परिवार मध्ये १२.५५ प्रतिशत परिवारमा कम्तिमा १ जना व्यक्तिले प्राविधिक तथा व्यवसायिक शिक्षा वा तलिम लिएको उल्लेख गरेको छ। कुल जनसंख्याको १८ वर्ष माथिका व्यक्तिमा ५.६७ प्रतिशतले तालिम लिएको छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .