कारोबार


मौसम सुध्रिएपछि सुरु भयो मन्थली–लुक्ला उडान

मौसम सुध्रिएपछि सुरु भयो मन्थली–लुक्ला उडान

नेपालखबर
असोज २५, २०८० बिहिबार ११:२१, काठमाडौँ

पाँच दिनपछि मौसममा सुधार आएपछि रामेछापको मन्थलीबाट लुक्लामा हवाई उडान सुरु भएको छ।

रामेछापमा अलपत्र परेका पर्यटकहरु लुक्ला हुँदै आफ्नो गन्तव्यतर्फ जान पाएका छन्। 

लगातार ५ दिनसम्म लुक्लाको मौसम नखुल्दा लुक्ला हुने उडान ठप्प थियो। 

 लुक्लाबाट उडान गर्ने वायुसेवा कम्पनीहरुले रामेछाप र लुक्लामा तत्कालका लागि ब्यगेज एक्सरे मेसिनको माग गरेका छन्। 

विमानस्थलमा एक्सरे मेसिन नहुँदा ब्यागेज तथा सरसामान हातैले खानतलासी गर्दा  बढी लाग्ने र पर्यटकले मिलाएर ल्याएका सामान पुन: प्याक गर्नुपर्दा झन्झटिलो हुने गरेको छ। 

मन्थली विमानसथलबाट तारा, समिट र सिता एअरले उडान गर्ने गरेका छन्।

सफा मौसममा दैनिक ४० पटकभन्दा बढी उडान हुने गरेको लुक्ला विमानस्थलमा बिहीबार तारा एअरले १५ वटा उडान गर्ने तालिका रहेको तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .