ad ad

कारोबार


रोयल इनफिल्डद्वारा ‘हन्टर हेरिटेज राइड २०२३’ आयोजना

रोयल इनफिल्डद्वारा ‘हन्टर हेरिटेज राइड २०२३’ आयोजना

नेपालखबर
असोज १४, २०८० आइतबार १३:२६, काठमाडौँ

रोयल इनफिल्डको ‘हन्टर हेरिटेज राइड २०२३’ आयोजना भएको छ।

निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, ‘रोयल इनफिल्ड’ का लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वल्ड टुरिजम डे को अबसर पारेर  ‘रोयल इनफिल्ड ‘हन्टर हेरिटेज राइड २०२३’ कार्यक्रम आयोजन गरिएको कम्पनीले जानकारी दिएको छ।

यस राइडमा ४४ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए।

यस कार्यक्रमको मुख्य उद्देश्य ‘रोड सेफ्टिी अवारनेस, प्रमोटिङ सिस्टमेटिक राइडकल्चर’ र हेरिटेज साइटको प्रवर्द्धन गर्नु रहेको छ।

असोज १३ गते विहान ७ बजे रोयल इनफिल्डको शोरूम टेकुबाट सुरु भएको यो राइड त्रिपुरेश्वर  कंलकी स्वयम्भु भगवानपाऊ छाउनी भिमसेनथान बसन्तपुर दरबारमार्ग घण्टाघर शहिटगेट त्रिपुरेश्वर कुपोनडोल पाटनढोका पिम्बहाल मंगलबजार बालकुमारी कोटेश्वर पेप्सीकोला सानो ठिमी हुँदै भक्तपुर दरवार स्क्वायर सम्मको रहेको थियो।

बिहानको खाजा खाएपछि राइडरहरूको टोली अनुशासित ढंगले भिन्टेज मोटो क्याफे रोयल इनफिल्ड शोरूम पुगेर कार्यक्रम समापन गरियको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .