कारोबार


काठमाडौंमा फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत् मेला

काठमाडौंमा फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत् मेला

नेपालखबर
असोज १०, २०८० बुधबार १९:३१, काठमाडौँ

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा फर्नेक्स नेपाल २०२३ बुधबार काठमाडौंमा सुरु भएको छ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त प्रदर्शनी मेलाको उद्घाटन गरे।

मेलामा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठलगायत सहभागी थिए। 

फर्निचर तथा फर्निसिङ मेलामा १०० भन्दा बढी स्टलहरु छन्। मेलामा ५० हजार भन्दा बढी अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ।

एक्स्पोको उद्घाटन गर्दौ उद्योगमन्त्री रिजालले मुलुक फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गए पनि पर्याप्त नभएको बताए। 

आयात मुलुकका लागि सुखद विषय नभएको बताएका उनले फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि विद्यमान कानुनी व्यवस्था संशोधनका लागि सरकार तयारले पहलकदमी लिने आश्वासन दिए।

नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) को आयोजनामा 'के हामी आत्मनिर्भर छौं?' भन्ने थिममा सुरु भएको एक्स्पो ५ दिनसम्म चल्नेछ।

एक्स्पोलाई किङ कोयलले शीर्ष प्रायोजन गरेको छ। त्यसैगरी प्रेष्टिज कार्पेट एशोसिएट पार्टनर रहेको एक्स्पोको पावर्ड वाईमा फर्निचर हब प्रालि रहेको छ।

नेपाल चेम्बर अफ कमर्श र नेपाल फर्नचर तथा फर्निसिङ व्यवसायी महासंघले इन्डोर्स गरेको एक्स्पोको मेन स्पोन्सर्समा डल्फिन मोड्युल्ड फर्निचर, फिदरलाइट, आरओके प्रोडक्ट इण्डष्ट्रीज, सरावगी ओभरसीज र यती पोलिकेम छन्। इभेण्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्स्पोको अफिसियल पार्टनरमा लङसे, भिवोन चियर र वेबट्युन छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .