ad ad

कारोबार


वाणिज्य बैंकहरूले गरे ८ अर्ब ५२ करोड नाफा, ग्लोबल आईएमईको सर्वाधिक

वाणिज्य बैंकहरूले गरे ८ अर्ब ५२ करोड नाफा, ग्लोबल आईएमईको सर्वाधिक

नेपालखबर
असोज ८, २०८० सोमबार १८:१२, काठमाडौँ

वाणिज्य बैंकहरुले ८ अर्ब ५२ करोड नाफा कमाएका छन्।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले साउन (एक महिना)मा सो नाफा गरेका हुन्।

साउनमा ग्लोबल आईएमई बैंकले सर्वाधिक ९९ करोड २ लाख नाफा गरेको छ।

त्यसैगरी नबिल बैंकले ७५ करोड ५ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७४ करोड नाफा गरेको छ।

अन्य कुन बैंकले कति नाफा गरे?
नेपाल बैंकले ३६ करोड नाफा कमाएको छ।

राष्ट्रिय वाणिज्य बैंकले ४४ करोड ७ लाख, नबिल बैंकले ७५ करोड ५ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७४ करोड ७ लाख, स्टान्डर्ड चाटर्ड बैंकले २५ करोड ७ लाख, हिमालयन बैंकले ६३ करोड १ लाख, नेपाल एसबीआई बैंकले १६ करोड, एभरेष्ट बैंकले ३६ करोड ७ लाख, एनआईसी एशियाले ३८ करोड ४ लाख, माछापुच्छ्रे बैंकले १८ करोड ८ लाख, कुमारी बैंकले ५७ करोड, लक्ष्मी सनराइजले ४१ करोड ५ लाख, सिद्धार्थ बैंकले २९ करोड ९ लाख र कृषि विकास बैंकले ३३ करोड १ लाख नाफा गरेको छ।

ग्लोबल आईएमई बैंकले ९९ करोड २ लाख, सिटिजन्स बैंकले २४ करोड ७ लाख, प्राइम कमर्सियलले ४२ करोड, एनएमबी बैंकले ३८ करोड ३ लाख, प्रभु बैंकले २९ करोड ९ लाख र सानिमा बैंकले २५ करोड १ लाख नाफा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .