अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ लिएका छन्।
सचिव पुष्करले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष उक्त शपथ लिएका हुन्।
पुष्कर भर्खरै अर्थसचिवमा नियुक्त भएका थिए। केन्द्रीय बैंकको सञ्चालक समितिमा अर्थसचिव पदेन सदस्य रहने कानुनी व्यवस्था छ।
सचिव पुष्करलाई बिहीबार मात्रै अर्थमन्त्रालयमा स्वागत गरिएको छ।
यही भदौ २९ गतेको सरकार निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उनलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो।
अर्थसचिव अर्जुनप्रसाद पाेखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको थियो।
उनलाई अर्थमन्त्री डा. प्रकाशशरण महतसहित कर्मचारीहरुले पनि स्वागत गरेका थिए।
पुष्करले यसअघि अर्थ मन्त्रालयकाे राजस्व र अर्थ सचिव दुवैकाे भूमिका निर्वाह गरिसकेका छन्। तर उनी प्रशासन पृष्ठभूमिका हुन्।
Shares
प्रतिक्रिया