ad ad

कारोबार


धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आईएमई पे एपबाट

धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आईएमई पे एपबाट

नेपालखबर
भदौ २९, २०८० शुक्रबार १६:४, काठमाडौँ

डिजिटल वालेट ‘आइएमई पे’ मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ। धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आइएमई पे ले यहि भाद्र महिनाबाट सन्चालनमा ल्याएको हो।

यसका साथै, आईएमई पेको ‘किन लाइन बस्ने, मोबाइल बाटै तिर्ने’ अफर मार्फत आइएमई पेका सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड ‘वाटर’ प्रयोग गरि रु. १०० सम्म छुट पनि प्राप्त गर्न सक्नेछन्।

यस सुविधाले धरानवासीलाई लामो लाम बस्न पर्ने झन्झट बाट मुक्त गराई उपमहानगर लाई डिजिटलाइजेसनमा जान सहायता पुर्याउने आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जनाएका छन्।

‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .