ad ad

कारोबार


यामाहाले सार्वजनिक गर्‍यो एफजेटएस भी३ को डिलक्स मोडल (तस्बिरहरू)

यामाहाले सार्वजनिक गर्‍यो एफजेटएस भी३ को डिलक्स मोडल (तस्बिरहरू)

यामाहाको नयाँ मोडेलको मोटरसाइकल। तस्बिर : वसन्त अर्याल


नेपालखबर
भदौ २७, २०८० बुधबार १८:४५, काठमाडौँ

यामाहाले एफजेटएस भी३ को डिलक्स मोडल सार्वजनिक गरेको छ।

यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले एफजेट एस एफआई भी३ संस्करण सार्वजनिक गरेको हो। 

नयाँ ब्याकलाइट डिजाइनमा रहेको मोटरसाइकल स्टाइलिस देखिन्छ। एफआई भी३ ह्यान्डलिङ र मस्कुल डिजाइनका लागि परिचित छ।

१४९ सिसीसहितको यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित मोटरसाइकल हो। बाइकमा दुई भल्भ, एकल सिलिन्डरमा रहेको छ। 

डुअल डिस्क ब्रेक र अगाडी एकल च्यानल एबीएसले सुसज्जित छ। एमएडब्लु इन्टरप्राइजेज दुईपांग्रेका सिइओ राजु क्षेत्रले एफजेट एस भी३ धेरै मोटरसाइकल प्रेमीहरुको मनमा बस्न सफल मोडल  भएको बताए। 

नयाँ रङका विकल्पहरु, नेभी ब्लू र मेटालिक ग्रे तथा राइडिङको अनुभव बढाउने रोमाञ्चक अपडेटहरु सहतिको नयाँ भेरियन्ट सार्वजनिक गर्न पाउँदा हर्षित भएको बताए। यामाहाले आफ्नो नक्सालको शोरुममा मोटरसाइकल सार्वजनिक गरेको छ। 

नयाँ डिलक्स संस्करणले यामाहाको स्पोर्टनिक्स, स्टाइल र उत्साहका विशेषताहरुलाई झल्काउने छ। नेपालमा एफजेट सिरिज २००८ देखी नेपाली बजारमा बलियो पकड जमाएको छ। 

मोटरसाइकलको मुल्य ४ लाख ५ हजार रुपैयाँ तोकिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .