लघुवित्त संस्थाहरुले दुःख दिए गुनासो टिपाउन नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ।
लघुवित्त वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी ढङ्गमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेकोलगायत अन्य जुनसुकै गुनासो भएमा पैसा तिर्न नपर्ने फोन नम्बर (१८१०५००००२२) मार्फत वा गुनासो दर्ता गर्ने अनलाइन पोर्टल गुनासो डट एनआरबीडट ओआरजीमा इमेल गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।
लघुवित्त वित्तीय संस्थाका ऋणीहरुको गुनासो सुनुवाइका लागि नेपाल राष्ट्र बैंकले अलग्गै गुनासो सुनुवाई डेस्क स्थापना गरी गुनासो सम्बोधन गर्दै आएको छ।
21
Shares

प्रतिक्रिया