ad ad

कारोबार


टोखामा फेला पर्‍यो सुन प्रशोधन गर्ने कारखाना, विभागले गर्‍यो सिल

टोखामा फेला पर्‍यो सुन प्रशोधन गर्ने कारखाना, विभागले गर्‍यो सिल

फाइल तस्बिर


नेपालखबर
साउन १४, २०८० आइतबार ११:४५, काठमाडौँ

बरामद सय किलो सुनको वास्तविक मालिक खोजिरहेको राजस्व अनुसन्धान विभागले काठमाडाै‌ंमा सुन प्रशोधन गर्ने कारखाना फेला पारी सिल गरेको छ।

शुक्रबार र शनिबार विभागको टोलीले काठमाडौंको टोखामा कृषि फार्मभित्र सञ्चालित सुन प्रशोधन गर्ने कारखाना पत्ता लगाएको हो।

उच्च स्रोतका अनुसार त्रिभुवन विमानस्थलबाट बाहिरिएको सुन पहिलो चरणमा बालुवाटारमा रहेको ली जिक्वाङको कारखानामा लगी प्रशोधनका लागि टोखा पुर्‍याउने गरेको पाइएको छ। 

‘झण्डै ७ सय किलो सुन त्यहीँ प्रशोधन भएर नेपाली बजार र भारतमा पुर्‍याइएको पायौँ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘यो सुनका सञ्चालकले नै हङकङबाट साउन २ मा सुन ल्याएको हुनसक्छ। यद्यपि यसको कनेक्सन केलाउने काम भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .