ad ad

कारोबार


सानिमा बैंकले ल्यायो सानिमा ‘फाइभ इन वन’सेवा

सानिमा बैंकले ल्यायो सानिमा ‘फाइभ इन वन’सेवा

नेपालखबर
साउन १२, २०८० शुक्रबार १४:३१, काठमाडौँ

सानिमा बैंकले ग्राहकहरुका लागि सानिमा ‘फाइभ इन वन’ सेवा सार्वजनिक गरेको छ।

बैंकका अनुसार सानिमा ‘फाइभ इन वन’ सेवा सानिमा ‘थ्री इन वन’ खाताको परिष्कृत गरिएको खाताको नयाँ स्वरुप हो।

यस सेवामा बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो शेयरको संयोजन रहेको बैंकले जनाएको छ। सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो।

यस सेवाले बैंकको वेवसाइटमा उपलब्ध अनलाइन प्लेटफर्म मार्फत डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी–आस्वा, मेरो सेयर र दोस्रो बजारबाट सेयर खरिद तथा बिक्री गर्न बैंकका नयाँ तथा पुराना ग्राहकहरूलाई सहज बनाउँछ।

सानिमा बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल सेयर ट्रेडिङ प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरेको हो।

सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२२ वटा एटीएम सञ्जालहरु रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .