ad ad

कारोबार


जीडब्लूएमको ईलेक्ट्रिक गाडी ओरा–३ लाई एभरेष्ट बैंकको सहुलियत ऋण

जीडब्लूएमको ईलेक्ट्रिक गाडी ओरा–३ लाई एभरेष्ट बैंकको सहुलियत ऋण

नेपालखबर
साउन १०, २०८० बुधबार १९:१४, काठमाडौँ

नेपालमा जीडब्लूएम सवारीसाधनको एकमात्र आधिकारिक आयातकर्ता र वितरक भीजी ईम्पेक्स प्रालिले एभरेष्ट बैंक लिमिटेडसँग सम्झौता गरेको छ।

कम्पनीले बैंकसँग आईसीई सवारीसाधनहरु हाभल जोलायन, हाभल एच६, पावर र विङ्गल र इलेक्ट्रिक गाडी ओरा–३ लगायतका विभिन्न प्रकारका सवारी साधनहरूको वित्तीय (फाइनान्सिङ) सुविधाका लागि सम्झौता गरेको हो।

सम्झौतामा आज भीजी ईम्पेक्स – जीडब्लूएम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र एभरेष्ट बैंक लिमिटेडका उप–महाप्रबन्धक गौरव कुमारले हस्ताक्षर गरे।

सो सम्झौता जीडब्लूएमका सवारी साधनलाई ग्राहकहरुका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउने दिशामा महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार जीडब्लुएमका कुनै पनि सवारीसाधन खरीद गर्न चाहने ग्राहकहरुलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे उद्देश्यका साथ, यो सहकार्य गरिएको हो।

यसले ग्राहकहरुलाई प्रतिस्पर्धी ब्याज दरहरू, डाउन पेमेन्ट र कर्जा अवधि सहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेको छ, जुन ग्राहकहरुले आफ्नो आवश्यकताहरुको आधारमा छनौट गर्न सक्छन्।  

एभरेष्ट बैंकले अधिकतम ७ वर्षको अवधिको लागि उत्कृष्ट आरओआई (ब्याजदर) सहितको अधिकतम ८०प्रतिशत ऋण उपलब्ध गराउने छ। ३ वर्ष सम्मको कर्जा अवधिको लागि, न्युनतम प्रभावकारी ब्याजदर १०.८० प्रतिशत रहनेछ।

जीडब्लूएमका इलेक्ट्रिक गाडीको लागि ब्याजदर मात्र बीआर+ २ प्रतिशत (११.३० प्रतिशतको प्रभावकारी ब्याज दर) रहनेछ।

जीडब्लुएमका आईसी मोडेलको गाडीको लागि ब्याजदर मात्र बीआर+ २.५० प्रतिशत (११.८० प्रतिशतको प्रभावकारी ब्याज दर) रहनेछ।

जीडब्लूएमका इलेक्ट्रिक गाडीकोे लोन–टु–भ्यालु (लोन–टु–भ्यालु/बैंक फाइनान्स) मा ५० प्रतिशतसम्मको लगानीमा ब्याजदरमा थप ०.५० प्रतिशत छुट उपलब्ध गराइएको छ। सबै गाडीहरुको लागि कर्जा प्रशोधन शुल्क स्वीकृत कर्जाको मात्र ०.५० प्रतिशत निर्धारित गरिएको छ।

ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको एभरेष्ट बैंक शाखामा गएर आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .