ad ad

कारोबार


पुल बगाएको २८ दिनमा हेवा खोलामा नयाँ पुल निर्माण

पुल बगाएको २८ दिनमा हेवा खोलामा नयाँ पुल निर्माण

नेपालखबर
असार ३१, २०८० आइतबार १८:२१, काठमाडौँ

अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा अबरुद्ध बनेको मेची राजमार्ग आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुल बगाएको चार साताभित्र नयाँ पुल निर्माण गरी यातायात सुचारु गराएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए।

३ असारमा आएको बाढीले मेचि राजमार्ग अन्तर्गतको हेवा खोला पुल बगाएपछि ताप्लेजुङ जिल्लासँग यातायातको सम्बन्ध बिच्छेद भएको थियो। पुल बगेलगतै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले क्षतिग्रस्त क्षेत्रमा पुगेर तत्काल निर्माण सक्न निर्देशन दिएका थिए। मन्त्रीले निर्देशन दिएको २८ दिनभित्र बेलिब्रिज निर्माण गरी यातायात सञ्चालनमा आएको छ।

निरन्तरको वर्षाले समयमा काम गर्न नदिएपनि २८ दिनभित्र नयाँ बेलिब्रिज निर्माण गरी आजदेखि सवारी साधन सुचारु गरिएको महानिर्देशक ढकालले बताएका छन्। महानिर्देशक ढकाल दुई पटक बाढी प्रभावित क्षेत्रमा पुग्नुभएको थियो। बेलिब्रिज निर्माण सक्नुअघि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो। बनाएको डाइभर्सनपनि दुई पटक बाढीले बगाएको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षातको समयलाई लक्षित गरी टास्क फोर्स निर्माण गरेको छ। भौतिक संरचना क्षति भएको ठाउँमा तत्काल पुनर्निर्माण थाल्न टास्क फोर्स बनाएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .