कारोबार


भक्तपुरको गट्ठाघरमा सीजी डिजिटलको २३ औँ शो रुम खुल्यो

भक्तपुरको गट्ठाघरमा सीजी डिजिटलको २३ औँ शो रुम खुल्यो

नेपालखबर
असार २१, २०८० बिहिबार १६:५४, काठमाडौँ

चौधरी ग्रुपको आफ्नै विद्युतीय सामग्रीको नयाँ तथा मल्टि ब्रान्ड शोरुम सीजी डिजिटलको २३ औँ शाखा भक्तपुरको गट्ठाघरमा खोलिएको छ। पूर्वमन्त्री महेश बस्नेतले बुधबार शो रुमको उद्घाटन गरे। 

सी जी डिजिटलको शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरु एलजी, सीजी, टीसीएल, गोदरेज, सेनसेई, माइडिया, बेको, ब्ल्याक प्लस डेकर, केन्ट, एलिका, पिगन, क्रम्टन लगायतका विभिन्न घरायसी विद्युतीय सामग्रीहरु उपलब्ध रहेका कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार शो रुममा एलईडी टीभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, माइक्रो वेभ ओभन, भ्याकुम क्लिनर, डिसवासर, एयर प्युरिफायर, म्युजिक सिस्टम, राइस कुकरर, मिक्चर ग्राइन्डर, स्मार्ट डोमेस्टिक एप्लाइन्स, स्मार्ट होम एप्लाइन्स लगायतका थुप्रै सामानहरु रहने छन्।

ग्राउन्ड फ्लोरको २२५० स्वायर फिट एरियामा बनेको सीजी डिजिटलको शोरुम, गट्ठाघर चोकको मुख्य व्यापारिक केन्द्रमा पर्छ जहाँ नि:शुल्क पार्किङ्गको पनि व्यवस्था रहेको छ।

भक्तपुरको स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन  र सुपथ मूल्यमा बिक्री वितरण तथा अन्तर्राष्ट्रिय स्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोगबारे शिक्षा प्रदान गराउने उदेश्यसहित यो शोरुम सञ्चालन गरिएको कम्पनीको भनाई छ।

दक्ष्य र अनुभवी सेल्स पर्सनहरुबाट त्यहाँ भएका विद्युतीय सामग्रीहरुको पूर्ण जानकारी पनि लिन सकिने छ। यो शोरुम हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका ०७ः३० बजेसम्म सञ्चालन हुने छ।  

ग्राहकका लागि अन्य  थप जानकारी चाहिएमा फोन नम्बर ०१–५९१३१८२, ०१–५९१३१८३ हरुमा सम्पर्क गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

भक्तपुरको गट्ठाघरमा खोलिएको यस  सी जी डिजिटल  शोरुममा ओपेनिङ्ग को बिशेष छुट, शून्य प्रतिशत किस्ताबन्दी, फ्री गिफ्टका साथै प्रोडक्ट लाइभ डेमोको पनि सुविधा रहेको छ। साथै एक्चेन्ज अफरको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

चौधरी ग्रुपले काठमाडौं लगायत काठमाडौं बाहिर इटहरी, हेटौँडा, भरतपुर, विराटनगर र पोखरामा पनि सी जी डिजिटल शोरुम सञ्चालन गरि सकेको छ।

यो सँगै भक्तपुरको गट्ठाघरमा खोलिएको सी जी डिजिटल शोरुम अब २३औँ शाखा रहने छ र आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न शहरमा बिस्तार गरिने पनि जानकारी गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad