ad ad

कारोबार


१२.७३ अंकले बढ्यो बजार, फाइनान्स कम्पनीमा झुम्मिए लगानीकर्ता

१२.७३ अंकले बढ्यो बजार, फाइनान्स कम्पनीमा झुम्मिए लगानीकर्ता

फाइल तस्बिर


नेपालखबर
असार १९, २०८० मंगलबार १५:४६, काठमाडौँ

मंगलबार सेयर बजारले सकारात्मक सूचक देखाएको छ। बजार १२.७३ अंकले बढेर २०८८.७० बिन्दुमा पुगेको छ। 

बढेको बजारमा कारोबार भने घटेको छ। मंगलबार २ अर्ब ५७ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ। 

अघिल्लो कारोबार दिन नेप्सेमा ४ अर्ब २ करोडको कारोबार भएको थियो।

आज कारोबारमा आएका २८२ कम्पनीले ६४ लाख ४० हजार ९३४ पटकको खरिदबिक्री हुँदा २ अर्ब ५७ करोडको कारोबार भएको छ। 

आज कारोबारमा आएका मध्ये १४५ कम्पनीको सेयरमूल्य बढेको छ भने ७२ कम्पनीको घटेको छ । बाँकी ९ कम्पनीको कारोबार स्थिर नै देखिन्छ। 

आज कारोबार सुरुवाति उकालो लागेको बजार उतार चढाप भएको देखिन्छ । आज बजार उच्च २१ सय ४ विन्दु र न्यून २०६७ विन्दुमा झरेको थियो। 

मंगलबार कारोबारमा १३ उपसमूह बढेको छ। होटल एण्ड टुरिजम उपसमुह सर्वाधिक २.३६ प्रतिशतले बढेको छ। 

सेयरबजारमा सिटी होटलको सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ। त्यसैगरी मानुषी लघुवित्तको ६.१५ प्रतिशत र सिंगाटी हाइड्रोपावरको ५.९५ प्रतिशतले बढेको छ। 

मंगलबार सिटी होटलको सर्वाधिक कारोबार भएको छ। आईपीओ जारी गरी नेप्सेमा सूचीकृत भएपश्चात निरन्तर बढ्दै आएको सिटी होटलको आज सर्वाधिक १२ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ। 

त्यसैगरी एनएलजी इन्स्योरेन्सको ११ करोड ३८ लाख र हिमालयन लाइफ इन्स्योरेन्सको ११ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ। 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, सीटी होटल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सर्वाधिक सेयर खरिद माग रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .