ad ad

कारोबार


पोखरामा सीजी मोटर्सको शोरुम, चीनका राजदूतबाट ईभी ट्याक्सी र माइक्रोबस हस्तान्तरण

पोखरामा सीजी मोटर्सको शोरुम, चीनका राजदूतबाट ईभी ट्याक्सी र माइक्रोबस हस्तान्तरण

नेपालखबर
असार १०, २०८० आइतबार १२:५६, काठमाडौँ

पोखराको आर्चलबोट चोकमा सीजी मोटर्सको (नेटा) शोरुम सञ्चालनमा आएको छ।

नेपालका लागि चीनका राजदूत चेन सङले एक समारोहकाबीच शोरुमको उद्घाटन गरे। सो अवसरमा राजदूत सङले नेपाल तथा चीनको अटुट मैत्री सम्बन्धमा जोड दिँदै सीजी मोटर्सलाई सफलताको शुभकामना व्यक्त गरे।

समारोहमा सीजी मोटर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालका साथै अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

राजदूत चेन सङले नेपालमा डिजल तथा पेट्रोल गाडीलाई विस्थापित गर्दै सार्वजनिक यातायातमा ईभी गाडीले फाइदा पुर्याइहेको बताए। नेपालमा ग्रीन इनर्जीको सम्भावना अध्ययन गर्न र आत्मनिर्भतातिर जान चीनले सहयोग गर्ने उनले बताए।

साथै नेपाल सरकारसँगको सहकार्यमा प्रमुख राजमार्ग तथा ठूला शहरहरुमा चर्जिङ स्टेसनको विकास गर्ने बताए। सार्वजनिक यातायातमा ईभी गाडीलाई नै पहिलो प्राथमिकतामा राख्नु पर्छ भन्ने धारणा ब्यक्त गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

सीजी मोटर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले अब पोखरावासीले समेत सहज रुपमा नेटा भी को अनुभव गरी खरिद गर्न सक्ने बताए। नेपालमा बजारको माग अनुसार राम्रो र गुणस्तरीय गाडीहरु  बिक्री बितरण गर्ने योजना रहेको उनले सुनाए।

उनका अनुसार ईभी ट्याक्सी र माइक्रोबसको सफल तरिकाले शुभारम्भ भएको छ। साथै काठमाडौं पोखरा रुटको लागि ११ देखि १९ सिटर सम्मका माइक्रो बसहरु उपलब्ध हुनेछन्।       

कार्यक्रममा पोखराका लागि पहिलो ईभी ट्याक्सी साथै, पहिलो विद्युतीय माईक्रो बस चिनियँ राजदूत सङले हस्तान्तरण गरे। उनले अब पोखरा शहरमा विद्युतीय गाडीको प्रयोग अझै बढाउन सुझाव दिए।

पियोर इभी प्लाटफर्ममा बनेको नेटा भी ले फुल चार्जमा ३८० किमीको दूरी पार गर्न सक्ने सीजी मोटर्सले बाताएकोे छ। १७० एमएम ग्राउण्ड क्लीयरेन्स रहेको नेटा भी नेपालको बाटोहरुका लागि पनि उपयुक्त रहेको सीजी मोटर्सले दाबी गरेको छ।

यस किसिमको ग्राउन्ड क्लियरेन्स तथा यसको डिजाइनले नेटा भी लाई एयरोडाइनामिक्स दिन्छ जसले यसको गति र सन्तुलन कायम राख्छ। यसका साथै नेटा भी गाडीभित्र प्रदुषण रहित बनाउन एन९५ हेपा फिल्टरको प्रयोग भएको छ जसले बाहिरको प्रदुषणका साथै भित्र गाडीको हावाको पनि प्रदुषण फिल्टर गर्ने गर्छ। नेटा भी मा विश्वको ठूलो ब्याट्री निर्माण कम्पनी सीएटीएल ब्याट्रीको प्रयोग भएको छ।

सीजी मोटर्सले नेटा भी का साथै इभी माइक्रोबस केवाइसी तथा किङलङका मोडलहरु समेत बिक्री गर्दै आएको छ र उक्त मोडलहरु पोखरा शोरुममा समेत उपलब्ध हुनेछन्। साथै गण्डकी प्रदेशमा ईभी ट्याक्सी र विद्युुतीय माइक्रो बसका लागि सीजी मोटर्स प्रालिले अधिकारिक बिक्रेताका रुपमा विश्वकर्मा अटो मोटर्सलाई नियुक्त गरेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .