कारोबार


४ अंकले बढेको नेप्सेमा ४ कम्पनीको मूल्यमा लाग्यो पोजेटिभ सर्किट

४ अंकले बढेको नेप्सेमा ४ कम्पनीको मूल्यमा लाग्यो पोजेटिभ सर्किट

नेपालखबर
असार ७, २०८० बिहिबार १७:११, काठमाडौँ

पछिल्लो ४ कारोबार दिनदेखि निरन्तर घटिरहेको सेयर बजारले बिहीबार भने घट्नबाट बिश्राम लिएको छ। दिनभर उताचढाव भएपनि अन्तिम समयमा भने नेप्से सूचक बढेसँगै यो हप्ताको अन्तिम करोबार हरियो भएर बन्द भएको हो।

बिहीबार २०५४ अंकमा सुरु भएको नेप्से अधिकतम बिन्दु २०७४ सम्म पुग्यो भने न्यूनतम बिन्दु २०४३ सम्म पुगेको पाइन्छ।

दिनभर लगानीकर्ताको माग र बिक्री दुवै अस्थिर बनिरहँदा बजार अन्यौल देखिएपनि अन्तिमा बजार सम्हालिन पुगेको हो।

बिहीबार नेप्से सूचक ४.७५ अंकले बढ्दा २०५५.५३ अंकमा नेप्से बन्द भएको हो। यो दिन २ सय ७६ कम्पनीको ८० लाख कित्ता सेयर ३ अर्ब ४४ करोड ४८ लाख रुपैयाँमा कारोबार भएको हो।

बजारमा न्यून अंकको बृद्धि देखिएपनि बुधबारको तुलनामा बिहीबार लगानीकर्ताले कम रकमको कारोबार गरेका छन्। मंगलबार ३ अर्ब ४९ करोडको कारोबार गरेका लगानीकर्ताले बिहीबार ३ अर्ब ४४ करोड रुपैयाँको मात्रै सेयर कारोबार गरेका हुन्।

बजार १८ सयको अंकबाट बढेर अधिकतम २१ सम्मको अंकमा पुग्दा हौसिएका लगानीकर्ताले कारोबार रकमलाई पनि बढाएर दैनिक ४ अर्बमा पुर्याएको थिए।  तर पछिल्लो ४ कारोबार दिनमा बजार निरन्तर तल झर्दा लगानीकर्ता कारोबारलाई पनि घटाउन पुगेका हुन्।

यो साताको अन्तिम कारोबारको दिन तरागाउँ होटल, ओरिन्टल होटल, कालिन्चोक दर्शन कम्पनी र विपिडब्लु लघुवित्त कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ। इन्ग्वा र नेष्डो लघुवित्तले भने यो दिन सर्वाधिक सेयरमूल्य गुमाउन पुगेका छन्।

यी दुवै कम्पनीको ७ प्रतिशतले सेयरमूल्य घटेको हो। यो बाहेक सिटिजन म्युचुअल फण्डको ८ प्रतिशतले सेयरमूल्य घटेको छ।

कारोबारको आधारमा भने आज लगानीकर्ताले सोल्टी होटललाई अग्रस्थानमा ल्याएका छन्। लगानीकर्ताले यो कम्पनीको २९ करोडको सेयर कारोबार गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .