ad ad

कारोबार


नेपाल-भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी इपानको सल्लाहकार

नेपाल-भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी इपानको सल्लाहकार

नेपालखबर
असार ५, २०८० मंगलबार १६:५३, काठमाडौँ

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)को सल्लाहकार नियुक्त भएका छन्।

२०८० जेठ ३२ गते बिहीबारका दिन सम्पन्न २१औं वार्षिक साधारणसभाबाट गणेश कार्कीको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिको असार १ गते बसेको कार्यसमिति बैठकले केसीलाई इपानको सल्लाहकारमा नियुक्त गरेको हो।

एशियन इन्स्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए) का संस्थापक समेत रहेको केसी सन् २०१५ देखि निरन्तर नेपालको कूटनीति, विदेशी लगानी, नेपाल–भारत तथा बंलादेशबीच त्रिपक्षीय ब्यापार तथा उर्जा व्यापार, एवं नेपालको समग्र आर्थिक विकासको विषयमा विभिन्न समयमा विभिन्न पत्र पत्रिका तथा अन्य सञ्चार माध्यमहरुमा लेखहरु प्रकाशित गर्दै उर्जा विकासको क्षेत्रमा अपनाउनुपर्ने नीति लगायत विषयहरुमा आफ्नो योगदान दिँदै आएका व्यवसायी हुन्।

नेपालको द्रुत आर्थिक विकासको लक्ष्य हासिल गर्नका लागि नेपालको भरपर्दो क्षेत्रको रुपमा रहेको जलविद्युत क्षेत्र र यसका परियोजनाहरुमा विदेशी लगानी अझ विशेष गरी भारतीय लगानी आकर्षित गर्न नेपाल–भारत उद्योग वाणिज्य संघ र इपानको संयुक्त सहकार्य आगामी दिनमा फलदायी हुनेछ भन्ने विश्वास रहेको संघले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको हालै सम्पन्न भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रतिवद्धता जाहेर गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .