ad ad

कारोबार


आन्तरिक उत्पादन प्रवर्द्धनका लागि आलु प्याजमा भ्याट : अर्थमन्त्री महत

आन्तरिक उत्पादन प्रवर्द्धनका लागि आलु प्याजमा भ्याट : अर्थमन्त्री महत

नेपालखबर
असार ४, २०८० सोमबार १८:४, विराटनगर

अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक उत्पादनमा मद्दत पुगोस्, नेपाली उत्पादन प्रवर्द्धन होस् भनेर आयात हुने आलु र प्याजमा भ्याट लगाइएको बताएका छन्।

मोरङ व्यापार संघको ६६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै डा. महतले भने, ‘हामी कृषिप्रधान देश भन्छौं, आलु प्याज यति अर्बको आयात गर्ने, आलु प्याज यहाँ उत्पादन गर्न नसक्ने? जमिन बाँझो छाड्ने? विदेशबाट किनेर मात्रै खाने? भन्ने बहसलाई मध्यनजर राखेर आलु प्याजमा कर लगाएका हौं। आम उपभोक्तालाई मर्का पार्न यो कर लगाइएको होइन। यो भन्सार दरले किसानका धेरै संगठनले स्वागत गरेका छन्। आयातमा मात्र भ्याट लाग्ने हो, आन्तरिक उत्पादनलाई यसले छुँदैन।’

अर्थतन्त्रको जीवनमा विराटनगरको उल्लेखनीय योगदान रहेको उनले बताए। साथै अहिले आर्थिक रुपमा तल झरेको विराटनगरलाई आर्थिक हवका रुपमा विकसित गर्ने प्रतिवद्धतासमेत जनाए।

‘मलाई विश्वास छ, विराटनगर पूर्वको आर्थिक हबको रुपमा विकसित हुन्छ’ साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने ‘यो क्षेत्रको विकास, यो क्षेत्रको व्यापार व्यवसाय र उद्योग प्रवर्द्धनका लागि नेपाल सरकार सम्पूर्ण रुपले साथमा रहन्छ।’

भूकम्पका बेला लिएको ऋण अब तिर्ने बेला भएको उल्लखे गर्दै मन्त्री महतले ऋण र ब्याजको दायित्व बढ्दै गएपछि पूँजीगत खर्चमा दबाब आएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .