ad ad

कारोबार


‘विद्युत् गडबडी गरेर निर्यात भएको हैन, यो वर्ष १ हजार मेगावट निर्यात हुन्छ’

‘विद्युत् गडबडी गरेर निर्यात भएको हैन, यो वर्ष १ हजार मेगावट निर्यात हुन्छ’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ (फाइल तस्बिर)


नेपालखबर
असार ३, २०८० आइतबार १६:६, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणले यो वर्ष १ हजार मेगावटा विद्युत निर्यात गर्ने लक्ष्य राखेको छ। असारको सुरु देखि नै निर्यात सुरु गरेको नेपालले यो वर्ष १ हजार मेगावटा सम्म विदुत् निर्यात गर्ने लक्ष्य राखेको हो।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस पटक बर्षाको सिजनमा दैनिक १ हजार मेगावाट विद्युत् भारत निर्यात गरिने लक्ष्य राखेको जानाकारी गराए। 

अहिलेसम्म निर्यातको लागि ४ सय ४२ मेगावट अनुमति आएको र थप अनुमति लिएर निर्यात गरिने जानाकारी दिए। 

अहिले विद्युत् निर्यातको विषयमा धेरै विषयहरू उठिरहेको भएपनि निर्यात हुने स्थिति नै भएर निर्यात गरिएको जानाकारी दिए। 

उनले भने, ‘अहिले केहि स्थानमा विद्युत आपूर्ति असहज छ। त्यो प्रविधकि गडबढीको कारणले भएको हो र रातको समयमा सरप्लास छ त्यसकारणले गर्दा निर्यात भएको हो।’

आज उनले पत्रकार सम्मेलन नै आयोजना गरेर दैनिक ४०० देखि ५०० मेगावाटको विद्युत निर्यात सुरु गरिसकेको र नेपालमा माग बढी नहुने दिउसो र रातको निर्यात हुने गरेको जाकारी दिए। 

भारतलाई विद्युत् निर्यात गर्दा नेपालमा विद्युत् कटौती नहुने उनको भनाई छ। उनले भने, ‘पहिला नेपाली जनताले नै विद्युत पाउने हो, उद्योगले पनि भने जस्ती नै विद्युत पाउँछ र बढी भएको बिजुली मात्र निर्यात हुन्छ। कही पनि कसैको लागि पनि विद्युत कटौति हुँदैन।’

कहिलेकाहीँ प्रणालीमा समस्या आउँदा बत्ति नहुने गरेकोले त्यसलाई बिजुली काटेको भनेर नबुझ्न उनले आग्रह गरे। 

उनले भने, ‘प्रणाली समस्या आउँदा पावर प्लान्टहरु आफै बन्द हुने र त्यो बेलाको बिजुली कतै पनि जाँदैन। प्रणालीमा विद्युत माग एक्कासि घट्दा वा एक्कासी बढ्दा प्रणालीमा समस्या आएको हो।’

अहिले मुख्यगरी ओभर लोडिङको समस्या छ उक्त समस्या प्राधिकरणले पहिचानसमेत गरेकोले आगामाी दिनमा धेरै समस्या नहुने उनको भनाई छ। 

उद्योगहरुमा बिजुली कटौति आरोप लगाए पनि त्यो समस्याको कारणले भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .