ad ad

कारोबार


इप्पान निर्वाचन : अध्यक्ष र महासचिवमा दुई दुई जनाको उम्मेदवारी

इप्पान निर्वाचन : अध्यक्ष र महासचिवमा दुई दुई जनाको उम्मेदवारी

इप्पानको अध्यक्षका उम्मेदवार गणेश कार्की र किरण मल्ल।


नेपालखबर
जेठ ३०, २०८० मंगलबार १७:३६, काठमाडौँ

स्वतन्त्र उर्जा उत्पादनहरूको संस्था नेपाल (इप्पान)मा अध्यक्ष र महासचिवमा दुई दुई जनाको उम्मेदवारी परेको छ। एक जना अध्यक्ष चाहिनेमा सुपर खुदी हाइड्रोपावर प्रालिका गणेश कार्की र युनियन मेवा हाइड्रो पावर लिमिटेडका किरण मल्लले उम्मेदवारी दिएका हुन्। 

महासचिवमा बलराम खतिवडा र विनोद देवकोटा उम्मेदवारी दिएका हुन्। 

वरिष्ठ उपाध्यक्षमा तेह्रथुम पावर कम्पनीका मोहन कुमार डाँगी र बाराही हाइड्रोपारका सुर्यप्रसाद अधिकारीले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।

५ जना उपाधयक्षको लागि ७ जनाले मनोनयन दर्ता गराएका छन्।

जसमा पिपुल्स पावरका भरत बहादुर खत्री, सीइडीभी हाइड्रोपावरका उत्तम भ्लोन, अन्नपूर्ण विद्युत विकास कम्पनीका राम प्रसाद आचार्य, सगरमाथा इनर्जी एवं कन्स्ट्रक्सनका आशिष गर्ग, इदी हाइड्रोपावरका आनन्द चौधरी, रंगुनखोला हाइड्रोपावरका विरेन्द्र मल्ल र देवढुङ्गा मालिका हाइड्रोपावरका दिपेन्द्र बहादुर बम रहेका छन्।

उपमहासचिव पदमा प्रकाशचन्द्र दुलालको मात्र मनोनयन दर्ता भएको छ। 

योसँगै उनी उपमहासचिव पदमा निर्बिरोध भएका छन्। ५ जना सचिवका लागि ६ जनाको मनोनयन दर्ता भएको छ।

जसमा म्याग्दी हाइड्रोपावरका भरतप्रसाद नेपाल, पर्फेक्ट इनर्जी डेभलपमेण्ट प्रालिका भरतकुमार खड्का, रुबी भ्याली हाइड्रोपावरकी कविता पोखरेल कँडेल, ईसुवा इनर्जीका विक्रम बिष्ट, साहस उर्जाका हिम प्रसाद पाठक र दूधपोखरी चेपे हाइड्रोपावरका नारायण कँडेलले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ।

कोषाध्यक्षमा ठुलोखोला हाइड्रोपावरका नरेन्द्रवल्लभ पन्तको मात्र मनोनयन दर्ता भएको छ। पन्त पनि कोषाध्यक्षमा निर्विरोध भएका हुन्।

खुलातर्फका ७ सदस्यका लागि १४ जनाको मनोनयन दर्ता भएको समितिले जनाएको छ।

जसमा टेकनाथ आचार्य, विजयमोहन भट्टराई, भरत प्रसाद पराजुली, कुवेरमणी नेपाल, मिथुन चक्रवर्ती प्रसाद पौडेल, शंकर बस्याल, ग्रीष्म ओझा, सकुन्द ओझा, दिपक पौड्याल, उत्तर कुमार श्रेष्ठ, तारा बहादुर इस्वो, कदम केसी, सिताराम तिमिल्सिना र विकास कुमार श्रेष्ठले मनोनयन दर्ता गराएका हुन्।

महिलातर्फ ३ जना महिला सदस्यहरु निर्विरोध भएका छन्। ३ जना महिला सदस्य पदका लागि ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन कुमारी जोशीको मात्र मनोनयन दर्ता भएको हो।

निर्वाचन कार्यतालिका अनुसार अहिले मनोनयन दर्ता उपर दाबी बिरोधको समय दिइएको छ। साढे ४ बजेसम्ममा परेको दाबी बिरोधमा साँझ ५ बजेसम्म छानबिन गर्ने र उम्मेदवारी फिर्ता लिनका लागि मंगलबार साँझ ५ बजेदेखि बुधबार दिउँसो ३ बजेसम्मको समय दिइएको छ।

सो पश्चात बुधबार साँझ ४ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिको कार्यतालिका छ। 

अन्तिम नामावली:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .