ad ad

कारोबार


प्रिमियममा सार्वजनिक सेयर निष्कासन गर्ने आईएमई लाइफ बन्यो पहिलो जीवन बीमा कम्पनी

प्रिमियममा सार्वजनिक सेयर निष्कासन गर्ने आईएमई लाइफ बन्यो पहिलो जीवन बीमा कम्पनी

नेपालखबर
जेठ २३, २०८० मंगलबार २१:४३, काठमाडौँ

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रिमियममा आइपिओ निष्कासन गर्ने कम्पनी भएको छ।

नेपाल धितो पत्र बोर्डले स्वीकृति दिए सँगै प्रती कित्ता रु २३६.९१ मा कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता शेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डको वेवसाइटमा विवरण पत्र प्रकाशनको लागि स्वीकृति भएको उल्लेख गरिएको छ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापीटल लिमिटेड रहेको छ। आइपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रु.२ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीले कम्पनीले रु.२ अर्ब ८९ करोड ४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।

कम्पनीको चुक्ता पूँजी रु.२ अर्ब ८० करोड रुपैयाँ रहेको छ। यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा रु.१ अर्ब १० करोड ५ लाख रुपैयाँ संचिती रहेको छ। यसैगरी जीवन बीमा कोषमा रु.६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको छ र कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा रु. ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ।

तेश्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा रु. १८ करोड २४ लाख रुपैयाँ रहेको छ। यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रु. ८ रुपैयाँ ६९ पैसा रहेको छ। प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ।

नेपालको प्रतिष्ठित र अग्रणी व्यवसायिक समूह आइएमई ग्रुपद्वारा प्रवद्र्धित बिभिन्न कम्पनीहरु मध्ये आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी पनि एक हो। दक्ष तथा अनुभबी व्यवस्थापनद्वारा संचालित यस आई.एम.ई.लाइफ इन्स्योरेन्सले बीमित तथा शेयरधनीहरुलाई उच्चतम प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको छ। आर्थिक विकासमा बीमा क्षेत्रबाट अर्थपूर्ण सहभागीता जनाउनु यस कम्पनीको उद्देश्य रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .