भारतले नेपालमा रासायनिक मल कारखाना खोल्न सघाउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा रहेका बेला यसबारे दुई देशबीच यसमा सहमति भएको हो।
नेपालमा रासायनिक मल खोल्नेबारे सहमति भएको दुवै देशमा प्रधानमन्त्रीले हैदरावाद हाउसमा भएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।
पत्रकार सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालमा मल कारखाना खोल्न भारतले सघाउने जानकारी दिए।
उनका अनुसार मोतीहारी-अमलेखगञ्ज पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म ल्याउने सहमति पनि भएको छ। त्यसैगरी नेपालको पूर्वी नाकाका लागि सिलगुढीबाट झापासम्म एक अर्को पाइप लाइन पनि बनाउने घोषणा उनले गरेका छन्।
मोदीले चितवन र झापामा नयाँ पेट्रोलियम स्टोरेज पनि बनाइने बताएका छन्। उनले नेपालमा मल कारखाना खोल्ने कुरामा पनि दुई देशका प्रधानमन्त्रीबीच सम्झौता भएको जानकारी दिए।
Shares
प्रतिक्रिया